वाईडबडी खरिदमा भ्रष्टाचार भएको छैनःकंसाकार

       वाईडबडी खरिदमा भ्रष्टाचार भएको छैनःकंसाकार

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले यसबारे नबुझीकन प्रतिक्रिया दिएको उनको भनाइ छ ।

बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा महाप्रबन्धक कंसाकारले भने,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु ।

उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’ उनले भने,‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारणपनि हुनसक्छ ।’

लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने,‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उनले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे । उनले भने,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’

सर्वोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दावी गर्दै उनले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । पत्रकारहरुको जिज्ञासामा कंशाकारले घुमाउरो पारामा बिरोध गर्नेहरुको वास्तविकता आफुलाई थाहा भएको भन्दै समय आएपछि भित्रि कुरा बाहिरीने संकेत गरे । उनले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरेका थिए । यद्धपी उनले उक्त जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दाबी गरे  । उनले बिमानको भारहन क्षमता २४२ टनको भएपनि हाल २३० टन मात्रै रहेको पनि स्विकार गरेका छन् ।

रविन्द्र अधिकारी मन्त्री भएर आएपछि १६ अर्ब रुपैयाँ पठाएको उनले दाबी गरे । उनले भने,‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।’ वाईड बडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उनले स्पष्ट पारे । यद्धपी उनले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताए ।

आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागेपनि यसमा कुनै सत्यता नभएको पनि उनले जिकिर गरे । उनले भने,‘यो खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन । शुन्य कमिशनमा खरिद गरिएको हो ।’

 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला