कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक कर्मचारीको पनि आपत्ति

 कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक कर्मचारीको पनि आपत्ति

काठमाडौं । कर्मचारी समायोजन गर्न सरकाले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको प्राविधिक कर्मचारी सञ्जाल नेपालले विरोध गरेको छ । सञ्जालले ८ बुँदे धारणा सार्वजनिक गर्दै अध्यादेश नसच्याए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर कर्मचारी समायोजन अध्यादेश समग्र कर्मचारीको हितविपरित र केही उच्च प्रशासकहरुको मात्रै हितमा रहेको, रापअनं प्रथमबाट छैठौं तहमा समायोजन हुँदामात्रै शैक्षिक योग्यता राखिएको छ त्यो हटाउनु पर्ने, तीनवटै तहमा समायोजन भएका कर्मचारीहरु निश्चित मापदण्डका आधारमा तीनै तहमा सरुवा बढुवा हुनु पाउनुपर्ने, तहगत वा श्रेणीगत एकद्धारा प्राणालीमार्फत कर्मचारी समायोजन गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत संघबाट खटाउने व्यवस्थाले सिनियर कर्मचारी जुनियर कर्मचारीको मातहतमा रहेर काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने, श्रेणी विहीनदेखि विशिष्ट श्रेणीका कर्मचारीलाई एकमुष्ट समायोजन गर्नुपर्ने, प्रदेश प्रमुख सचिव र प्रदेश मन्त्रालयको सचिव जेष्ठताका आधारमा खटाइनुपर्ने, सेवाबाट अलग हुँदा पाउने सेवा सुविधा खटिएकै श्रेणी वा तहको हुनुपर्नेलगायतका सुझाव पेस गरेको छ ।

प्राविधिक सञ्जालका संयोजक रामप्रसाद मेहताले पहुँच भएका कर्मचारीहरु सिंहदरवारमा रहने र पहँुच नभएका  कर्मचारी जुम्ला, कालिकोट पुग्नुपर्नेजस्तो विभेदकारी अध्यादेश आफूहरूलाई मान्य नभएको दाबी गरे ।

कार्यक्रममा नेपाल पशु स्वास्थ्य प्राविधिक संघका अध्यक्ष जनकबहादुर रावलले संसदबाट ल्याइएको कर्मचारी समायोजन ऐनलाई लत्याउदै चोर बाटोबाट संसदलाई छलेर ल्याएको अध्यादेश प्राविधिक कर्मचारीहरुको हितमा नरहेको बताए ।

नेपाल फोरेष्ट टेक्निसियन एसोसियशनका अध्यक्ष गोविन्द पाण्डेले संघीयतालाई कार्यान्वयन गर्न प्राविधिक कर्मचारीहरु लागिपरेको बताए ।

कार्यक्रममा डिप्लोमा इन्जिनियर्स एसोसिएशनका सह–अध्यक्ष कमल अर्याल, नेपाल कृषि प्राविधिक एसोसिएशनका अध्यक्ष देवराज गौली, जुनियर वन प्राविधिक संघका अध्यक्ष गणेशबहादुर बस्नेतलगायतले सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशको बिरोध गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला