अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री पौडेल

 अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री पौडेल

 काठमाडौं । ३ नं नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अब प्रदेश सरकारले विकास निर्माणमा तीब्रता दिने बताएका छन् । अहिलेसम्म प्रदेशको भौतिक संरचना निर्माणमा लागेको र अब १३ ओटै जिल्लाको विकासमा केन्द्रित हुने उनले बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले,‘आउने पुसभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरी भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होईन् । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं । हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।’

अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरि राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा उनले राखे । उनले भने,‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ । भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्याउँछ ।  १३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भैसकेका छन् ।

डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’ काम गर्नको लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर छ । उनले भने‘प्रदेश सरकार गठन भएको अहिले दश महिना भयो । यो अवधिमा सरकारले के गर्यो भनेर प्रश्नहरु उठेका छन् । होलान् । तर, यो अवधिमा प्रदेश सरकार चुप लागेर बसेको छैन् । केही समस्याहरु थिए । हामीलाई कानुनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन। कानुनहरु थिएनन् ।

कानुन नबनाईकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन् । त्यसैले हामीले कानुन बनाउनको लागि प्राथमिकता दिएका थियौं ।’ ‘हामीले २५/२६ ओटा कानुनहरु बनाईसक्यौं । र, त्यो बजेटमा पनि निस्किसकेको छ । त्यो प्रमाणित पनि भैसकेको छ । त्यसैले अब काम गर्नको लागि धेरै समस्या हामीलाई छैन्,’उनले भने ।

 

प्रतिकृया दिनुहोस

पोशाक भत्ता खल्तीमा कर्मचारी जकेटमा

रहेनन् नेपाली शब्दसागर पिता वसन्तकुमार

‘धर्मनिरपेक्षता तत्काल खारेज गर्नुपर्छ,

 विप्लवको नेपाल बन्दः कहाँ के भयो ?

विवेकशील पार्टीका डेढ दर्जन नेता कार्यकर्ता

‘हेर्दाहेर्दै साथीलाई विमानले किच्यो,

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला