समायोजन अध्यादेश विरुद्ध कर्मचारी युनियन

    समायोजन अध्यादेश विरुद्ध कर्मचारी युनियन

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ) का अध्यक्ष गोपालप्रसाद पोखरेलले कर्मचारी समायोजन अध्यादेश कर्मचारीको हितमा नभएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) ले बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोखरेलले भने,‘नेकपाको सरकारसँग दुई तिहाईको दम्भ छ, त्यही दम्भका कारण हालै कर्मचारी समायोजन अध्यादेश ल्याएको छ,।’ सरकारले कर्मचारीसँग छलफल नै नगरी संविधान र संसदलाई छलेर ल्याएको अध्यादेश सच्याउनुपर्छ, उनले भने,‘यसरी चोर बाटोबाट ल्याएको अध्यादेशको नसच्याएआन्दोलन हुन्छ ।’

मुलुकको परिवर्तनको लागि निजामती कर्मचारीहरुले ठूलो भूमिका खेलेको भन्दै अध्यक्ष पोखरेलले २०४६ सालपछि पहिलोपटक आफूहरु अपमानित हुनुपरेको पनि गुनासो पोखे । उनले भने,‘राजतन्त्रमासमेत यसरी कर्मचारीहरुलाई अपमान गरिएको थिएन, नेकपाको दुई तिहाई सरकारले यस्तो कदम उचालेको छ, यो संसदलाई छल्ने काम हो ।’

‘केही प्रशासकहरुको इशारामा यो अध्यादेश ल्याईएको छ, एक तह बढुवा गर्नेगरि कर्मचारी ऐन ल्याउनुपर्ने हाम्रो माग थियो, त्यतिमात्रै होईन प्रशासनिक प्रमुखकोसमेत समायोजन हुनुपर्छ भन्ने हाम्रो माग थियो, जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ,’ उनले भने ।  

कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारिक संगठन ट्रेड युनियनका महासचिव सुबोध कुमार देवकोटाले संसदलाई छलेर ल्याईएको कर्मचारी अध्यादेशको बिरुद्धमा आन्दालेन गर्ने चेतावनी दिएका छन् ।

उनले भने,‘सरकार मुल बाटो छोडेर चोर बाटोमा हिँडिरहेको छ, यो जनताको मतको अपमान हो, कर्मचारी समायोजनका नाममा सरकारले मनोमानी गरिरहेको छ, संघीयता कार्यान्वयन गर्न सरकारनै बाधा सिर्जना गर्दैछ, हामी परिवर्तनका सम्वाहक हौं, कर्मचारीको नाममा भ्रम सिर्जना गरेर बद्नाम गर्ने काम सरकारबाटै भएको छ, यो दुःखद छ, मेरो संगठनका सबै साथीहरुलाई जानकारी दिएको छु, भोलीका दिनहरुमा पनि कर्मचारीहरुको हितमा काम गर्नको लागि कुनै कसर बाँकी राखिने छैन्, सरकारले कर्मचारीलाई धम्कि दिने काम गरेको छ, थर्काएर कुनै काम हुनेछैन ।’

 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला