सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री ओली

      सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीले सरकारलाई कुनै असहयोग नगरेको बताएका छन् । ‘संघीयताका मामलामा राजनीतिज्ञ जस्तै कर्मचारीहरू पनि नयाँ भएकाले केही अलमल भएको मात्र हो,’ प्रधानमन्त्री ओलीले भने ।  

आइतबारदेखि सुरु अन्तरप्रदेश परिषद् समापन गर्दै प्रधानमन्त्री ओलीले भने,‘सरकारलाई कर्मचारीको पूर्ण सहयोग छ ।’ आवश्यकता अनुसारका कर्मचारी नहुँदा प्रदेशहरुमा कर्मचारीको अभाव भएको हुनसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

सोमबारको बैठकमा प्रदेश ५ का मूख्यमन्त्री शंकर पोख्रेल, कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्र बहादुर शाही र सुदुरपश्चिम प्रदेशका मख्यमन्त्री त्रिलोचन भट्टले आफ्ना प्रदेशका समस्याका बारेमा प्रतिवेदन पेश गरेका थिए।

अन्य चार मुख्यमन्त्रीले भने आइतबारको बैठकमै आफ्ना कुरा राखिसकेका छन्। आजको बैठकले प्रदेश र संघका काममा तालमेल मिलाउन, आवश्यक कानुनहरुको परिर्माजन गर्न र प्रदेशहरुलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्नका लागि गृह मन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा एक समिति गठन गरेको छ।

समितिमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, अर्थमन्त्री डा. युवराज खतिवडा, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल र मुख्य सचिव लोकदर्शन रेग्मी रहेको एक समिति गठन गरेको छ। समितिलाई आगामी पुस ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको छ।

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला