भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म रुपमा हेरिदिनुस्ः प्रम ओली

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म रुपमा हेरिदिनुस्ः प्रम ओली

मङ्सिर २३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने आफ्नो सङ्कल्पलाई सूक्ष्मरुपमा हेर्न मिल्ने चस्मा (म्याग्निफाइड ग्लास) लगाएर हेरिदिन नागरिक समाजलाई आग्रह गरेका छन् ।

भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजका तर्फबाट भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा कार्यान्वयनका लागि आइतवार सिंहदरबारमा ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता दोहो¥याएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार गर्न दिन्न भन्ने सङ्कल्प शतप्रतिशत कार्यान्वयन हुन्छ, गर्न दिन्न भन्नेमा मेरो प्रयास जारी छ ।’ उनले कुनै पनि राज्यका जिम्मेवार पदाधिकारी र कर्मचारीलाई आफू मातहतका व्यक्तिसँग नगिर्ने गरी काम गर्न आग्रह गर्दै भने, ‘मैले भ्रष्टाचार गर्न मन्त्रीहरु र मुख्यमन्त्रीसँग गिर्नुपर्छ, त्यस्तो म गर्दिन र अरुले पनि नगर्नुहोला । तलकाको नजरमा नगिर्नुस्, माथिकालाई खुशी पार्नु पर्ने छैन । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र असहिष्णु नीति रहनेछ ।’

उनले ट्रान्सपरेन्सी इन्टरनेशनलको वार्षिक प्रतिवेदनमा भ्रष्टाचारको सूचकाङ्कलाई आगामी दिनमा सकारात्मक र व्यापक फेरबदल ल्याउने गरी काम गरिने विश्वास व्यक्त गर्दै नागरिक समाज र सञ्चार क्षेत्रले पनि त्यसमा सहयोग गर्नुपर्नेमा जोड दिए । सो संस्थाको पछिल्लो प्रतिवेदनअनुसार नेपाल विश्वका १८० मुलुकमध्ये १२२ औँ स्थानमा छ । भ्रष्टाचार हुनुमा ७७ प्रतिशत राजनीतिक र ६६ प्रतिशत प्रशासनिक क्षेत्रलाई दोषी देखाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्यसचिव दामोदर गौतम, अभियन्ता केदार खड्कासहितले समाजका तर्फबाट प्रधानमन्त्री ओलीलाई आफ्ना सङ्कल्प व्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । उनीहरुले आयोगलाई सशक्त र प्रभावकारी बनाउन, मन्त्रालयबाट हुने ठेक्कापट्टासम्बन्धी निर्णय मन्त्रिपरिषद्बाट नगर्न सुझाव दिएका छन् । रासस

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला