गफाडी सरकारःनेता सिंह

 गफाडी सरकारःनेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार ‘गफाडी’ भएको आरोप लगाएका छन् । उनले ‘सरकार धेरै कुरा गर्ने काम कम गर्ने बाटोमा अगाडि बढेको छ, काम गर्न नसकेर सरकारले बुद्धिजीवीलाई समेत धम्काउने काम गरेको छ ।’

कांग्रेस काठमाडौं क्षेत्र नं ८ का क्षेत्रीय सभापति एवं लोकतान्त्रिक नेवा खलः का केन्द्रीय कोषाध्यक्ष जुद्धरत्न बज्राचार्यको प्रथम वार्षिक स्मृतिसभाका अवसरमा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा उनले सरकार र प्रतिपक्षी दल उस्तै भएको आरोप लगाए । नेता सिंहले भने, ‘सरकार जस्तो छ, संसद्मा प्रतिपक्षी पार्टी नेपाली कांग्रेस पनि त्यस्तै भएका कारण मुलुकले विकासको गति लिन नसकेको हो ।’ प्रतिपक्षको उचित भूमिका निर्वाह गर्न सङ्गठित हुनु जरुरी भएको भन्दै काठमाडौं कांग्रेसलाई बलियो बनाउन सबैको जिम्मेवारी रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका रहेको बताए ।

काठमाडौं कांग्रेस सभापति सबुज बानियाँले काठमाडौंको कांग्रेसको सङ्गठन निर्माणमा स्वर्गीय बज्राचार्यको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । २०११ चैत ११ गते काठमाडौंमा जन्मिएका बज्राचार्यको मस्तिष्कघातबाट २०७४ मङ्सिर १ गते निधन भएको थियो ।

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला