राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार,पूर्वमन्त्री पाण्डेसँग रू. २ अर्ब बिगो माग

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार,पूर्वमन्त्री पाण्डेसँग रू. २ अर्ब बिगो माग

काठमाडौं । राष्ट्रिय गौरबको सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले पाण्डेविरूद्ध २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ मागदाबी गरेको छ ।

आयोगले शुक्रबार नहर निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियर विरुद्ध  मुद्दा दायर गरेको हो । मूलनहर भत्किएको, मूलनहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेण्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको हुँदा गुणस्तरिय कार्य हुन नसकेको र एक पटकपरीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनस्परीक्षण समेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको भन्ने समेत व्यहोराको कन्सल्टेन्ट इआरएमसीका प्रबन्ध निर्देशक उद्धवराज चौलागाईविरूद्ध २ करोड ४० लाख ५५ हजार ८७२ रुपैयाँ बिगो मागिएको छ।

अख्तियारले आयोजना प्रमुख सरोजचन्द्र भपण्डितलाई ५९ करोड ३४ लाख ५२ हजार ४९४ रुपैयाँ बिगो मागेको छ। आयोजना प्रमुख दिलीपबहादुर कार्कीविरूद्ध १ अर्ब ५६ करोड ८२ लाख ८३ हजार १९९ रुपैयाँ बिगो मागिएको छ।

अख्तियारले ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनी र सिँचाइ आयोजनाका प्रमुख तथा इन्जिनियरहरूले नहर निर्माणमा अनियमितता गरेको बताएको छ।

सिक्टा नहर परीक्षणकै क्रममा दुई पटक भत्किएको र मूल नहरको डिजाइनमा नै त्रुटि थियो ।  निर्माणका क्रममा आयोजनामा खटिएका प्राविधिक, कन्सलटेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको अख्तियारको आरोप छ । ‘‘अनिवार्य ठानिएका गुणस्तर परीक्षण लगायतका प्रावधानहरूसमेत ठेक्का सम्झौताको कागजातमा उल्लेख नगरी बदनियतका साथ छुटाएर अस्पष्ट र अपूर्ण प्रावधान राखी, विगतमा भएका अध्ययनबाट तयार गरिएका प्रतिवेदनहरु समेत नपढीरनहेरी तथा नजरअन्दाज गरी, सतहमा नै देखिने सदियौंदेखि कायम रहेको घुलनशील तथा गुणस्तरहीन माटोलाई अनादेखा गरी गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता गरी भ्रष्टाचारजन्य कार्य गरेको देखिन्छ’ अख्तियारका प्रवक्ता रामेश्वर दंगालले विज्ञप्तिमार्फत जनाएका छन् ।

ठेक्का सम्झौता गर्ने तथा परामर्शदाता एमएस इआरएमसी आइटेकोका म्यानेजिङ डाइरेक्टर, आधिकारिक प्रतिनिधि तथा निर्माणस्थलका टिम लिडर र निर्माण कम्पनी सिक्टाका प्रमुख तथा आधिकारिक प्रतिनिधिको संलग्नता तथा मिलेमतोमा जानीजानी बदनियतसाथ सतहमा नै देखिने गुणस्तरहीन घुलनशील माटोको प्रयोग गरेको अख्तियारले जनाएको छ।

कसलाई कति बिगो दाबी ?

 

प्रतिकृया दिनुहोस

आफ्नो एनजीओ छनोट नगरेको भन्दै मन्त्रीले

२७ पुसलाई राष्ट्रिय एकता मान्न थापाको

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

सरकारले संविधानको बर्खिलापमा काम

बाइडवडी जहाज खरिद प्रकरणमा ३ जना मन्त्री

कोशी पीडितको गुनासो: ‘तीन पुस्तासम्म

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला