कञ्चनपुर । निर्मालाको हत्याको विरोधमा कञ्चनपुरमा फेरि आन्दोलन सुरु भएको छ । नागरिक संघर्ष समितिले बुधबार जिल्ला प्रशासनमा धर्ना दिँदै न्याय हराएको भन्दै टर्च जुलुस प्रदर्शन गरिएको छ ।
भीमदत्त– २ उल्टाखामकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बित्न लागेको छ । हत्यारा पत्ता लगाउन चौतर्फी दबाव बढेपनि सरकारले दोषी खोज्न सकेको छैन् ।
कार्तिक २५ गते देखि अनिश्चितकालीन धर्नामा बसेका निर्मलाको परिवार स्थानीय र महिला अधिकारकर्मीले आन्दोलनको स्वरुप परिवर्तन गरेका हुन् । महिला अधिकारकर्मी तथा नागरिक संघर्ष समितिका सदस्य शारदा चन्दले न्याय हराएको भन्दै टर्च बालेर बजार परिक्रमा गरेको बताइन् । न्याय हराएको भन्दै टर्च बालेर बजार परिक्रमा र जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएको उनले जानकारी दिए । न्यायका निम्ति हरेक क्षेत्रबाट माग गर्दा पनि सरकारले उदासिनता देखाएको भन्दै न्यायको माग गर्दै स्थानीय महिला अधिकारकर्मी चरणवद्ध आन्दोलनमा छन् ।
प्रकाशित १९ मङ्गसिर २0७५ , बुधबार | 2018-12-05 12:46:46
प्रकाशित ११ आश्विन २0७५ , बिहिबार
प्रकाशित २६ बैशाख २0७५ , बुधबार
प्रकाशित २ चैत्र २0७४ , शुक्रबार