भारतले ईपीजीको प्रतिवेदन स्वीकार नगर्नेः जोली

         भारतले ईपीजीको प्रतिवेदन स्वीकार नगर्नेः जोली

काठमाडौं । नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदन भारत सरकारले अस्वीरकार गर्ने संकेत गरेको छ । प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने तयारी भइरहेका बेला सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता जोली भने,‘ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षसँग कुनै छलफल नै गरिएन् । नागरिक समाज, पत्रकार, राजनीतिकर्मी, शिक्षाकर्मी, विद्यार्थी नेता र उद्योगपतिको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल गरिएन् । यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता छैन् ।’ तर,समूहले भने सबैपक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको दाबी गर्दै आएको छ ।

केहीदिन अघि प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार एवम् प्रवुद्ध समूहका सदस्य डा.राजन भट्टराईले छिट्टै प्रतिवेद भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने दाबी गरेका थिए ।    उनले आफू ईपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको गुनासो पोखे । जोलीले भने,‘यो प्रतिवेदन सार्थक छैन र मान्य पनि छैन । प्रबुद्ध समूहबाट जे कुरा अपेक्षा गरिएको थियो, त्यो उनीहरूले पूरा गरेका छैनन् ।

बन्द कोठाभित्र बसेर बनाइएको प्रतिवेदनले दुई देशको सम्बन्धलाई अघि बढाउन सक्दैन ।’ नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको सुनाए । तर, ईपीजीका सदस्यहरुले आफूसँग प्रतिवेदन तयार पार्दा कुनै छलफल र राय नै नलिएको गुनासो पोखे । उनले भने,‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ ? मसँग उहाँहरुले कुनै छलफल र राय तथा सुझाव लिन पनि आवश्यक सम्झिनुभएन् । कुनै एक सिद्धान्तविशेषमा बनाईएको प्रतिवेदन सार्थक हुँदैन् ।’

रिपोर्टसम्बन्धी सम्बन्धित पक्ष र विपक्षसँग पनि ईपीजीका सदस्यहरुले छलफल र विचार विमर्श नगरेकोमा उनले आक्रोश पोखे । उनले भने,‘चाहे त्यो वाटर ट्रिटीको कुरा होस् वा ईन्फास्ट्रक्चरको कुरा होस, या हाईड्रोको कुरा नै किन नहोस् वा अन्य सम्बन्धित क्षेत्रको बारेमा नै किन नहोस् यससम्बन्धी एक्टिभ प्लेअर्सहरुसँग वार्ता भएन् । यसमा मेरो गहिरो दुःख छ । ईपीजीले प्राथमिक कुराहरु नै पूरा गर्न सकेन । यो मेरो आलोचना होईन, तर यसलाई उहाँहरुले ‘कन्स्ट्रक्टिभ–सजेशन’को रुपमा लिनुपर्छ ।’ 

नेता जोलीले अहिलेपनि भारतीय सेनामा ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै नेपाली गोरखालीहरुको वीरताको गाथा सुनाए । त्यतिमात्रै नभएर ब्रिटिश सेनामा पनि ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै उनले विश्वभरि नै यसले नेपालको अस्मिता र प्रवुद्धतालाई दर्शाएको विश्वास दिलाए ।

कार्यक्रममा भारतका साउथ दिल्ली म्युनिसिपल कर्पोरेशनका मेयर नरेन्द्र कुमार चावलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर, सुदृढ र मजबुद रहेकोले आगामी दिनमा यसलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

 

प्रतिकृया दिनुहोस

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा

भूमि व्यवस्थाका लागि शक्तिशाली

गफाडी सरकारःनेता सिंह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला