पेट्रोलियम पाइपलाइन तीन महीनाभित्र सञ्चालनमा आउने

पेट्रोलियम पाइपलाइन तीन महीनाभित्र सञ्चालनमा आउने

काठमाडौं ।  नेपाल–भारत पेट्रोलियम पाइपलाइन आगामी तीन महीनाभित्र सञ्चालनमा आउने परियोजनाले दाबी गरेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपालतर्फको ३९.२ किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ ।

बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारतको पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजना कार्यालय सिमराका इञ्जिनीयर शरदप्रसाद पौडेलले दाबी गरेका छन् ।

परियोजना इञ्जिनीयरले तीन महीनामै पाइप लाइनमार्फत् पेट्रोलियम पदार्थ ल्याउने दाबी गरेपनि नेपालतर्फ मात्रै १८.२ किलोमिटर पाइप बिछ्याउने काम बाँकी नै छ ।

पाइप बिछ्याइने पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने आठ किलोमिटर क्षेत्रमा करीब पाँच हजार रुख काट्ने काम शुरु नै भएको छैन । उता मोतिहारीदेखि रक्सौलबीचमा केही ठाउँमा पाइप बिछ्याउने काम पनि बाँकी छ ।

त्यस्तै पेट्रोलियम पदार्थ भण्डारणका लागि आवश्यक पर्ने डिपो पनि तयार भएको छैन । भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म बनिरहेको पेट्रोलियम पाइपलाइनको लम्बाई ७० किलोमिटर छ । रासस

प्रतिकृया दिनुहोस

सरकारले माग सम्बोधन नगरेको भन्दै पत्रकार

बैतडीमा जिप दुर्घटना: ३ जनाको मृत्यु

मिडिया काउन्सिल विधेयकको विरोधमा

अनैतिक क्रियाकलापमा संलग्न २८ व्यक्ति

काठमाडौं मलमा घोटालाः सुष्मा महराले

सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला