ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

 काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ ओटा पेट्रोलपम्पलाई कारवाही गरेको छ ।

विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।

कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौं, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताए । ‘कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रू. ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ’, उनले भने । रासस

प्रतिकृया दिनुहोस

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा

भूमि व्यवस्थाका लागि शक्तिशाली

गफाडी सरकारःनेता सिंह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला