भीम रावलको प्रश्न सत्यनिरुपण आयोगले किन काम गर्न सकेन ?

  भीम रावलको प्रश्न सत्यनिरुपण आयोगले किन काम गर्न सकेन ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगले काम सम्पन्न नगरेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ । आयोगले आफ्नो छानबिनको काम पूरा गर्नेछ, द्वन्द्वबाट पीडितहरुले संक्रमणकालीन न्याय पाउनेछन्, र त्यसपछि कसैलेपनि द्वन्द्वकालमा हामीले भोग्नुपरेको यो पीडा त्यसले निकास पाएका छैनन् भन्ने गुनासो गर्न नपाउन भन्ने उद्देश्यबाट संविधान निर्माणकै बेला आयोगको परिकल्पना गरिएको हो । तर, आयोगले कामै गर्न नसकेकोमा दुःखी छु ।’

उनले भने,‘आयोगलाई दिईएको काम अहिलेसम्म पूरा गरेन् । किन काम गर्न सकेन ? मलाई आश्चर्य र दुःख लागेको छ । यदि आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होईन भने काम किन अघि बढेन ? यदि समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’ मुलुकमा अहिले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार रहेको र प्रदेशमा पनि ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको सुनाउँदै उनले भने,‘अब कुनैपनि प्रकारको द्वन्द्व छैन ।

अहिलेपनि हामी द्वन्द्वमै छौं जस्तो गरेर कतिपयले गर्ने व्यवहारप्रति आफू सहमत नभएको रावलको भनाई छ । उनले थपे,‘फेरि नेपाल द्वन्द्वमै छ की भन्ने प्रकारको संकेत आउने, त्यो प्रकारको मान्छेमा भावना दिने कुनैपनि खालका काम सरकार, राजनीतिक दल र नागरिक समाज कसैलेपनि गर्नुहुन्न भन्ने मेरो आग्रह छ। किनभने अब हामी द्वन्द्वका ती घाउहरुलाई कोट्याउने, फेरि द्वन्द्वमा जाने, हाम्रो देशको अखण्डता कमजोर हुने, हामी बहुधार्मिक, बहुजाति, बहुसाँस्कृतिक, तराई, पहाड, हिमाल जहाँसुकै बसेपनि हामी नेपाली हौं । हाम्रो जुन पहिचान छ र हाम्रा जुन उद्देश्यहरु छन्, त्यो उद्देश्य कुनैपनि प्रकारले कमजोर नहोस् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै नीति प्रतिष्ठानका पदाधिकारी र सदस्यलाई निर्देशन दिने सन्दर्भमा सरकारका कामकारबाही अपेक्षित मात्रामा किन भएन ? नीतिमा कहाँनिर कमजोरी भएको छ भनेर भनेको कुरा उल्लेख गर्दै रावलले भने,‘मेरो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री स्वयमले भनिसकेपछि म पनि सार्वजनिक रुपमा के भन्न चाहन्छु भने अब हामीले स्थायी कमिटिको बैठक बसेर गम्भिर रुपमा नीतिमा कहाँ त्रुटि भयो ? हाम्रा मन्त्रालयहरुमा हामीले गर्ने नियुक्तीहरु, हामीले गर्ने त्यहाँ जनशक्तिको विन्यासमा कहाँनिर कमजोरी भयो ? त्यसमा समिक्षा गर्नुपर्छ । नेपाली जनताले किन टिप्पणी गरिरहेका छन् ? ती टिप्पणीहरु हामीले सुन्नुपर्छ । र, आत्मसात गर्नुपर्छ । कमिकमजोरी हटाएर अब हामीले गति प्राप्त गर्नुपर्छ भन्ने जुन प्रधानमन्त्रीको भनाई आएको छ । म त्यसमा समर्थन र स्वागत गर्न चाहन्छु ।’

पार्टीको भोलि बस्ने सचिवालय बैठकमा प्रदेश कमिटीलाई पूर्णता दिने काम हुने विश्वास व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा

भूमि व्यवस्थाका लागि शक्तिशाली

गफाडी सरकारःनेता सिंह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला