चुनावी घोषणा पूरा गर्न नसकेपनि जन अपेक्षाअनुसार काम गर्दै छुः चिरीबाबु

     चुनावी घोषणा पूरा गर्न नसकेपनि जन अपेक्षाअनुसार काम गर्दै छुः चिरीबाबु

काठमाडौं, ३ मंसिर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले गर्दा चुनावी घोषणा अनुसारको काम गर्न नसकेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर महर्जनले चुनावी वाचा पूरा नभएपनि जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले भने,‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ,सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं ।’

उनले भने,‘चुनावी घोषणापत्र अनुसार काम गर्न सकिएको छैन्, १८/२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं ।’ मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे । य

हाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं । अन्य विश्वसम्पदा सूचीमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दीरहरु मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।’ नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले जनाए । महर्जनले भने,‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ ।

त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं । अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’ महानगरकै विकास र केही व्यक्तिगत रुपमा आफूले विभिन्न ७ देशको भम्रण गरेको स्वीकार गर्दै मेयर महर्जनले भने,‘श्रीलङ्का ‘सिटी–नेट’ परिषदमा १३८ सदस्य हुन्छन्, जसमध्ये म १३ औं सदस्यमा निर्वाचित भएर आएको छु, त्यसले हाम्रो महानगरको विकासका लागि धेरै ठूलो सहयोग मिलेको छ ।’ आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाईदा नै पुगेको उनको दाबी छ ।

 

 

 

प्रतिकृया दिनुहोस

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा

भूमि व्यवस्थाका लागि शक्तिशाली

गफाडी सरकारःनेता सिंह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला