प्रकाश अवसानको सामना सजिलो थिएनःप्रचण्ड

       प्रकाश अवसानको सामना सजिलो थिएनःप्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले छोरा प्रकाशको अवसानको सामना गर्नु आफ्ना निम्ति सजिलो नभएको स्मरण गरेका छन् । तर, आफूलाई शोकलाई शक्तिमा बदल्न सबैको माया, सद्भाव, प्रेम र हौसला प्राप्त भएको उनले बताए।

प्रकाशको पहिलो स्मृति दिवसका अवसरमा सोमबार आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उपस्थित पाहुनालाई धन्यवाद दिने क्रममा प्रचण्ड भक्कानिए । उनले भने,‘घटना भइहाल्यो सामना गर्ने पर्यो ।’

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरूसहित विशिष्ट पाहुना उपस्थित कार्यक्रममा गला अवरुद्ध पार्दै प्रचण्डले भने– यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ ।’ उनले प्रकाश दाहाल बिस्तारै परिपक्व हुँदै गएको अवस्था पनि स्मरण गरे । ‘उसमा केही कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै थियो,’प्रचण्डले भने ।  

प्रकाशको निधनपछि नर्भिक अस्पतालदेखि आर्यघाटसम्म पुगेको युवाको भीडले आफूमा धेरै प्रकाशहरूको जिम्मेवारी रहेको महसुस भएको प्रचण्डले सुनाए । प्रकाशको गत वर्ष मंसिर ३ अर्थात् आजकै दिन हृदयाघातका कारण निधन भएको थियो ।

कार्यक्रममा अध्यक्ष दाहाले छोरा प्रकाश दाहाल र २ वर्ष पहिले निधन भएकी छोरी ज्ञानुको नाममा प्रज्ञा स्मृति प्रतिष्ठान स्थापना गरिएको घोषणा गरे। ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने छोरा प्रकाशको हृदयघातका कारण गतवर्ष मंसिर ३ मा निधन भएको थियो। कार्यक्रममा आमा सीता दाहाल भने भावविह्वल नै देखिन्थिन् । छोरीहरुको सहारामा उनी मञ्चमा बसेकी थिइन्।

 

प्रतिकृया दिनुहोस

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा

भूमि व्यवस्थाका लागि शक्तिशाली

गफाडी सरकारःनेता सिंह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला