प्रचण्डले गरे गलेश्वर मन्दिरमा अारती

प्रचण्डले गरे गलेश्वर मन्दिरमा अारती

म्याग्दी-  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयको दर्शन गरेका छन् । उनको साथमा दर्शनका लागि गृहमन्त्री रामबहादुर थापा पनि पुगेका थिए ।

प्रचण्डले मन्दिरमा आरती समेत गरेका छन् । सो अवसरमा प्रचण्ड र थापाले गलेश्वरको महत्व र ऐतिहाँसिक मान्यताको बारेमा जानकारीसमेत लिएका छन् । अध्यक्ष प्रचण्डले मंगलवार बिहान म्याग्दीका विभिन्न स्थलहरूको अवलोकन भ्रमण गरेका छन् ।

सोमबार म्याग्दी पुगेका प्रचण्डले मंगलवार बिहान पर्वत जिल्लाको मल्लाद डाँडामा गएर म्याग्दी सदरमुकाम बेनीको दृष्यावलोकन गरे । उनले कालीगण्डकीले कटान गरेको बेनी बजारको तडबन्धको निरीक्षण पनि गरे । 

प्रचण्डले ४० मेगावाट क्षमताको निर्माणाधीन रहुघाट जलविद्युत आयोजनाको निरीक्षण गर्नुका साथै कालीगण्डकी कोरिडोरको अवलोकन समेत गरे । अध्यक्ष प्रचण्ड बिहान ९ः३० बजे तातोपानी कुण्डमा स्नानका लागि गएका थिए । अध्यक्ष प्रचण्ड जीवन संगिनी सीता दाहालको उपचारको सिलसिलामा तातोपानी स्नानका लागि म्याग्दी पुगेका हुन् । प्राकृतिक चिकित्सालयको रूपमा प्रसिद्ध तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, बाथ लगायत रोगका बिरामीलाई फाइदा पुग्ने बताइन्छ ।

तीन दिन तातोपानीमा स्नान गरेपछि अध्यक्षसहितको टोली बुधवार साँझ राजधानी फर्कनेछ । राजधानी फर्कनु अघि अध्यक्ष प्रचण्डले स्थानीय पार्टी कार्यकर्ता, उद्योग व्यवसायी र अन्त्यमा संचारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्नेछन् । रासस

 

प्रतिकृया दिनुहोस

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

निर्मला प्रकरणमा कमजोरी देखिए संसदमा

भ्रष्टाचारविरुद्धको सङ्कल्पलाई सूक्ष्म

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा

भूमि व्यवस्थाका लागि शक्तिशाली

गफाडी सरकारःनेता सिंह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला