जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको साथ चाहिएको छःमेयर शाक्य

    जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको साथ चाहिएको छःमेयर शाक्य

काठमाडौं । जनप्रतिनिधि आएपछि काठमाडौं महानगरपालिकाको विकासले गति लिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । निर्वाचित जनप्रतिनिधि आएको १७ महिना अवधिमा थुप्रै विकास निर्माणका काम सम्पन्न भएको उनको भनाइ छ ।

क्षेत्राधिकार बाहिरका केही परियोजना कारण महानगरपालिका आलोचित भएको भन्दै वास्तविकता त्यस्तो नभएको उनले बताए । ‘मेलम्ची खानेपानी र सडक विस्तारको काम महानगरको क्षेत्रभित्र पर्दैनन,ती आयोजना ढिलाईका कारण आफू आलोचित बन्नु परेको छ,’ मेयर शाक्यले भने,‘रानीपोखरी र महानगरपालिका भवन निर्माणको विषय अर्को मुद्धा बनेको छ ।’ रानीपोखरीको निर्माण आफूहरू आउनु भन्दा २ वर्ष अघि नै शुरु भएको भन्दै पुननिर्माण प्राधिकरणसँग समन्वय गरेर काम थाल्न आफू लागि परेको शाक्यले बताए ।  

शनिबार बिहान वडा नं ७ ले आयोजना गरेका शुभकामना आदानप्रदान,वडा स्मारिका –२०७५ विमोचन एवम् चियापान कार्यक्रममा शाक्यले भने,‘जनप्रतिनिधि कटिवद्ध भएर विकास निर्माणमा जुटेका छन् जनताको साथ चाहिएको छ ।’

कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले आफूहरू निर्वाचित भएर आएको छोटो अवधिमा थुप्रै सडक निर्माण लगायत भौतिक विकासका काम सम्पन्न गरेको बताए । विकास निर्माण सबै साझा पहल भएकाले यसमा साथ दिनपनि उनले वडाबासीमा अनुरोध गरे । चियापान समारोहमा प्रतिष्ठित व्यक्तित्व,  विभिन्न संघ÷संस्थाका पदाधिकारी र वडाबासीको उल्लेख्य सहभागिता थियो ।

सो अवसरमा मेयर शाक्यले वडा नं ७ को वडा स्मारिका –२०७५ विमोचन गरेका थिए । स्मारिकामा वडा नं ७ ले १७ महिना अवधिमा गरेका विकास निर्माणका कार्यहरू समावेश गरिएको छ । 

प्रतिकृया दिनुहोस

विप्लव समूहका तेस्रो ठूला नेता हेमन्तप्रकाश

नेपाल बारको निर्वाचनः दुबै पक्षको

भारतीय भन्सारले रोक्यो रुपैडिया नाकामा

इच्छाविपरित लोला हाने कारबाहीःप्रहरी

विप्लवका पोलिटब्यूरो सदस्यसहित १७

डा. राउतको अध्यक्षतामा जनमत पार्टी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला