‘भिजनदार’ भनिएका प्रदेश ३ नं का मन्त्री केशव स्थापित ६ महिनामै पदमुक्त

      ‘भिजनदार’ भनिएका प्रदेश ३ नं का  मन्त्री केशव स्थापित ६ महिनामै पदमुक्त

काठमाडौं । ‘भिजनदार’ भनिएका प्रदेश ३ का भौतिक योजना मन्त्री केशव स्थापित ६ महिना नपुग्दै पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेललेसँगको खटपटपछि उनलाई शुक्रबार पदबाट बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालयले बताएको छ ।

मन्त्री स्थापितलाई संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदबाट बर्खास्त गरिएको हो । मुख्यमन्त्री पौडेलले उनले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी आफैंले सम्हालेका छन् । बुधबार प्रदेश मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच भनाभन भएको थियो । त्यस लगत्तै मन्त्री स्थापित हेटौंडाबाट काठमाडौं आएका थिए । मुख्यमन्त्री पौडेल पनि प्रधानमन्त्रीलाई भेटेर उनलाई बर्खास्त गर्ने योजनासहित बिहीबार नै काठमाडौं आएका थिए। प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएपछि पौडेलले स्थापित शुक्रबार बर्खास्त गरेका हुन् ।  

प्रदेश सरकार बनेसँगै पौडेलले गठन गरेको पहिलो पटकको मन्त्रिमण्डलमा स्थापित परेका थिए । केही समय एमालेको राजनीतिबाट अलग भएका स्थापितलाई  गत वर्षको आम निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेदवार बनाइएको थियो ।  

स्थापित २ पटक काठमाडौं महानगरपालिकाका नगर प्रमुख भइसकेका छन् । २०५४ सालको स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए। नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितले ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा ल्याएका थिए। उनी मेयर भएकै बखतमा पशुपति क्षेत्र, माइतीघर, तीनकुने जस्ता ठाउँमा निर्माण भएका अव्यवस्थित घरटहराहरू भत्काइएका थिए।

केशव स्थापित राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा पुनः मेयर मनोनित भए । उनलाई सरकारले २०६९ सालमा काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त गरेको थियो। नौ महिना नबित्दै उनलाई पदमुक्त गरेको थियो। यसपटक पनि ३ नं प्रदेशको मन्त्रीको जिम्मेवारी पाएको  ६ महिना नबित्दै स्थापित पदबाट बर्खास्त भएका छन् । 

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला