विष्ट र भट्टलाई गृहको वचावट कारबाही

    विष्ट र भट्टलाई गृहको वचावट कारबाही

काठमाडौं । गृह मन्त्रालयले  निर्मला पन्तको वलात्कारपछि हत्याको घटनामा कमाजोर भूमिका निर्वाह गरेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख उपरीक्षक एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्टलाई बर्खास्त गरेको छ । तर,उनीहरूलाई पुनः सरकारी सेवामा फर्कन सक्ने बाटो भने बन्द गरिएको छैन ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरि सेवाबाट हटाउने निर्णय गरिएको छ ।’ यो निर्णयले उनीहरूलाई भोली सेवा प्रवेशमा रोकेको छैन ।

यस्ता छन् हटाउने कारणः

निर्मलाको बलात्कारपछि हत्या काण्डको प्रारम्भिक अनुसन्धानमा चरम लापरबाही गरेको,

पीडितका आफन्त र सरोकारवालाबाट प्राप्त गुनासोको उचित सम्बोधन गर्न नसकेको,

प्रमाण लोप गरेको,

घटनामा सम्बन्धित जिल्ला प्रमुखले सन्दिग्ध भूमिका खेलेको,

स्थलगत अध्ययन गर्दा चरम लापरबाही गरेको,

गैर व्यवसायिक र गैर जिम्मेवारीपूर्ण व्यवहार गरेको,

अनुसन्धानका सामान्य कानुनी व्यवस्था समेत पालन नगरेको,

तत्काल प्रहरीबाट अनिवार्य रुपमा गर्नुपर्ने खोजतलास तथा अनुसन्धानमा लापरबाही गरेको,

बलत्कार र हत्या घटनासँग सम्बन्धित प्रमाण लाग्न सक्ने वस्तु र भित्री वस्त्र पानीमा चोपलेको,

गुप्ताङग र तिघ्रा पखालेको,

तत्काल नेपालमै नरहेका मृतकका बाबुको दस्तखत गराइएको,

मृतकको शव अन्त्यष्टी गर्न पीडित परिवारलाई अनावश्यक प्रभाव,

दबाब र धम्की दिएको,

गत साउन ११ गते कञ्चनपुर उल्टाखामकी निर्मला पन्तको शव बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनामा संलग्नहरुलाई कानुनी दायरामा नल्याइएको भन्दै प्रहरीको  चर्को आलोचना भएको छ ।

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला