हुम्लाका स्याउबारी रातै

      हुम्लाका स्याउबारी रातै

दाने बोहरा / यतिबेला हुम्ला जिल्लाका स्याउ बारी रातम्य भएका छन् । किसानहरू दशैं आएभन्दा पाकेका राताम्य स्याउबारी हेरेर दंग छन् । लटरम्म फलेका स्याउका रुखहरू उत्तिकै मनमोहक छन् । हुम्ली स्याउन किसान मनग्य आम्दानी हात लाग्ने आशाले निकै खुसी देखिन्छन् ।

अधिकांश स्याउ भादौं दोस्रो हप्ता देखि पाक्न सुरू भएपनि हाल सिमीकोट वरपरका स्याउका बगैँचा रातै देखिन थालेका छन् । सिमकोट गाउँपालिका–६ की किसान तारादेवी रावत स्याउले राम्रा आम्दानी दिएको बताउँछिन् ।  स्याउको खेती गरेर घरखर्च र व्यक्तिगत खर्च टार्ने गरेको उनी बताउँछिन् । श्रीमान शिक्षक भएपनि स्याउ खेती र पसलबाट राम्रो आम्दानी गर्ने उनी बताउँछिन् ।  गत वर्ष स्याउबाट  ७० हजार आम्दानी भएको उनले बताइन् । यो बर्ष केही बढला । 

१ रोपनी जग्गामा घेरवार गरेर स्याउ खेती गर्न सुरू गरेकी तारादेवी हिउँदमा काठमाण्डौं घुम्न र नयाँ कपडा किन्न लागि स्याउबाटै कमाइ हुने बताउँछिन् । काम नपाएर कोही बेरोजगार बस्नु भन्दा कृषि कर्म र फलफुल खेती गेरै भए पनि आम्दानी बढाउन सकिने उनी गाउलेलाई सम्झाउने गर्छिन् ।  विमानस्थल नजिकै उनको बारी भएको भएको कारण स्याउ किन्नहरू उनको  बारीमै पुग्छन ।  

जिल्लाकै अधिक निर्यात वस्तु स्याउ

सिमकोट गाउँपालिका आसपासका बजारमा हाल स्याउ बिक्री गर्नेहरूको लाइनै लाग्ने गरेको छ । दशैं नजिकिँदै गर्दा जिल्ला भन्दा बाहिर जाने हरेक यात्रुले कोसेलीका रुपमा स्याउ लैजाने गरेका गर्छन ।  हुम्लाको स्याउ देशको अन्य भू–भागको स्याउ भन्दा रसिलो र  मिठो हुन्छ । दशैंमा घर जाँदा २ सय दाना भन्दा  बढी स्याउ लैजाने सर्केगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले बताए । अघिल्लो पटकपनि स्याउ लिएर गएको तर अपुग भएको उनले बताए ।

सिमकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी यो मौसममा निर्यात हुने  स्याउ नै मुख्य वस्तु रहेको बताए ।  यहाँ स्याउ केजीमा नभइ प्रति दाना रू.दशका दरले विक्री हुने स्थानीय बताउँछन् । स्याउको कुनै मूल्य विना नै गाउँका वासिन्दाले बाँडिचुँडी खानु बाहेक केही नभएको सर्केगाड गाउँपालिकाका –८ का किसान प्रबल बुढा बताउँछन् ।  

बेमौसममा भण्डारणको समस्या

भण्डारको अभावमा जिल्लाका स्याउ किसानले सिजनमा मात्र आम्दानी हात पार्ने गरेका छन् । भण्डारको व्यवस्था भएमा उनीहरूले बेमोसममा पनि आम्दानी गर्न सक्ने स्थानीय किसानको भनाइ छ ।  किसानले मौसममा ३ लाख सम्म स्याउबाट आम्दानी गर्ने गरेको सिमकोट गाउँपालिकाका किसान अदानसिँह रावतले बताए । आफूले मौसममा भन्दा बेमौसममा स्याउको विक्री गर्दा फाईदा हुने रावतको अनुभव छ । सोलर स्टोरमा स्याउलाई मौसममा विक्री नभएको जति स्टोर गरेर राख्ने गरेको र हिउँदका महिनामा स्याउको विक्री गर्दा मूल्य दोब्बर आउने उनको अनुभव छ । तर,यस्तो सुविधा सबै किसानसँग छैन । 

भण्डारणका लागि ज्ञान, सीप र प्रविधि थाहा नहुँदा अधिकांश किसानले स्याउ बिक्रीबाट लाभ लिन नसकेको सिमकोट पालिकाका कृषि प्रमुख बलबहादुर फडेराले बताए । गाउँपालिकाले यस वर्षमात्र ४० हजार स्याउनका बोट वितरण गरेपनि तिनको स्याहार हुने नसकेको फडेराले बताए । स्याउलाई आवश्यक पर्ने मौसम, प्रविधि, ध्यान पुर्याउनु पर्ने कुराहरु, भण्डारण र स्याउको खेतीको बारेमा यस वर्षबाट व्यवसायिक ज्ञान दिनको लागि आफु तयार रहेको कृषि विकास केन्द्रका प्रमुख पूर्णलाल सापकोटाले बताए ।  स्याउ मात्र नभएर आगामी दिनमा हुम्लाका हरेक कृषि उपजको बारेमा वैज्ञानिक खेती प्रणालीको बारेमा ज्ञान दिनको लागि कार्यालय लागि पर्ने सापकोटाले बताए ।  

स्याउको चाना बेचेर ५ लाख आम्दानी

स्याउबाट उत्पादन हुने अन्य परिकारमा किसानले ध्यान दिन सकेमा थप आर्थिक उपार्जन गर्न सकिन्छ । स्याउबाट जाम, जुस, चाना लगायतको उत्पादन गरी आर्थिक लाभ लिन सक्ने सर्केगाड गाउँपालिका २ का अगुवा कृषक दिपक फडेराको भनाइ छ ।  आफ्नो पालिकामा सडक नभएको कारण दाना स्याउ भन्दा स्याउलाई काटेर चानाको रुपमा सुकाएर प्याकिङ्ग गरी काठमाण्डौ सम्म विक्रि गर्ने गरेको किसान दिपक फडेरा बताउनु हुन्छ । गत २ वर्षमा आफुले चाना मात्र विक्रि गरी ५ लाख कमाउन सफल भएको फडेराले बताउनु भयो । सफा ठाउँमा स्याउको चानालाई सुकाएर प्लास्टिकको पोकामा प्याकिङ्ग गरी प्रति केजी ५ सय देखी ६ सय सम्म काठमाण्डौमा लगि विक्रि गर्ने गरेका छन् ।

 मौसममा बढी दाना मात्र विक्री हुने गरेको भएता पनि बेमौसममा चानाबाट राम्रो आम्दानी गर्न सकिने किसानको भनाई रहेको छ । बगैचामा ३ सय बोट रोपेर घरको आर्थिक सहयोगको लागि राम्रो आम्दानी गरेका कृषक फडेरा हुम्लाका नमुना र अगुवा कृषक हुन् । दिपकले कृषि जेटिए पढेर विभिन्न गैरसरकारी कार्यालयमा काम गर्दै गर्दा किसानलाई प्रविधिको बारेमा जानकारी दिनको लागि आफु नमुना हुनु पर्ने भएको कारण आफुले स्याउ खेती गरेको बताउनु हुन्छ ।

 

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला