हिल्सा नाका औपचारिक सञ्चालनमा

 हिल्सा नाका औपचारिक सञ्चालनमा

दाने बोहरा/हुम्ला,

 चीनसँगको सिमाना जोडिएको हुम्लामा पहिलो पटक अध्यगमन कार्यालय स्थापना भएको छ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले चीनसँग सिमाना जोडिएको हिल्सामा अध्यागमन कार्यालयको मंगालबार उद्घाटन गरेपछि औपचारिक रुपमा अध्यगमन कार्यालयको स्थापना भएको हो ।

औपचारिक रुपमा हिल्सामा अध्यागमनको कार्यालय स्थापना भएसँगै नेपाल प्रहरीबाट हेरिने अध्यागमनको काम अब निजामती कर्मचारीबाट हेर्न शुरु भएको हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले जानकारी  दिए ।

गृहमन्त्री रामबहादुर थापाले अध्ययगमन कार्यालयको स्थापनासँग हिल्सा नाका अब कर्णाली प्रदेशको मात्रै नभएर सिंगो पश्चिम नेपालकै समृद्धिको ढोका भएको बताए । चीनसँग भएको १० बुदेँ सहमतिमै औपचारिक रुपमा हिल्सा नाकालाई खुला गर्ने सहमति भएको थियो । गृहमन्त्री थापाले हिल्सा नाकालाई सरकारले निकै प्राथमिकतामा राखेको बताए ।

अध्यागमन कार्यालयको उद्घाटनका गृह सचिव, भन्सार विभागका महानिर्देशक, कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री सहितको उच्च अधिकारी सहित १५ जनाको टोली सुर्खेतबाट सिमकोट हुँदै हिल्सा पुगेको थियो ।

प्रमुख व्यापारिक केन्द्र बन्ने

गृह मन्त्री रामबहादुर थापाले अब हुम्ला जिल्लाको मात्र नभई कर्णाली प्रदेश र नेपालकै आशलाग्दो व्यापारिक नाकाको रुपमा स्थापित हुने विश्वाश व्यक्त गरे ।

देशको ब्यापारिक विकास र सम्बृद्धिका लागि यो नाकाले निक्कै उपलब्धि हाँसिल गर्ने छ गृहमन्त्री थापाले भने, ‘देशको विकास हुन हिल्सा नाकाको महत्वपुर्ण स्थान रहने छ ।’ मित्र राष्ट्र चीनको विकास र सम्बृद्धि पनि यसैमा निर्भर रहेको बताएका थापाले हिल्सा नाका भारतसँग पनि जोडिने मात्र नभई चीनहुँदै युरोपसँग पनि जोडिने भएकाले यसको आफ्नै महत्व रहेको प्रष्ट्याए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले ब्यापारिक नाकाको ढोका हिल्साको अध्यागमन कार्यालयको स्थापनासँगै औपचारिक रुपमा खुलेको बताउँदै यसलाई बिस्तार गर्न अझै बाँकी रहेको बताए । यो कार्यलाई पुर्णता दिन यस आर्थिक वर्षमा कर्णाली प्रदेश सरककारले भन्सार, अध्यागमन, क्वारेनटाईन, सीमा प्रहरी बलका संयुक्त कार्यालय सञ्चालनको लागि पुर्वाधार बिकास गर्न चार करोड बजेट बिनियोजित गरेको बताउँदै मुख्य मन्त्री शाहीले सिमानामा भौतिक पूर्वाधार निर्माणमा बजेटको अभाब भए थप बजेटको ब्यबस्था गरेर पनि यसै आर्थिक बर्षमा निर्माण कार्य पुरा गर्ने बताए ।

हिल्सामा अध्यागमन कार्यालय स्थापनाका लागि धेरै अगाडी देखि प्रयास गरिएको भए पनि बल्ल सफल भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुगानाले बताए ।

प्रतिकृया दिनुहोस

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि

जनप्रतिनिधि विकासमा जुटेका छन,जनताको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला