काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद रामवीर

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद रामवीर

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले नेकपाका नेता वामदेव गौतमलाई आफ्नो क्षेत्रमा स्वागत गर्ने बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलन गरेर उनले गौतमलाई चुनाव जिताउन आफू दिलो ज्यान दिएर लाग्ने पनि बताए । उनले भने, ‘जसरी पनि अब वमदेवलाई जिताएरै छोड्छौँ । त्यसका लागि म आफैँ लाग्छु ।’ विकासका लागि आफूले सांसद पद छोड्न लागेको जिकिर उनले गरेका  छन् ।

वामदेवले जित्ने आधार के छ ? भनि पत्रकारले गरेको प्रश्नको जवाफमा उनले भने, ‘त्यहाँ हाम्रो पार्टीको संगठन छ । म उहाँलाई जिताउन लाग्छु ।’  काठमाडौं ७ मा वामदेवको जित पक्का भएको दाबी पनि उनले गरेका छन् । वामदेव त पाहुना हुन्  उनले भने, ‘अहिले विकासको कुरा गरिरहेका बेला । जातजाति, रैथाने वा पाहुनाको कुरा उठ्दै क्या । यस्तो कुरा कसैले गर्नु हुँदैन । मैले सँधै जितेको भनेको पार्टी संगठनले हो । वामदेव गौतमको हकमा पनि त्यही लागू हुन्छ । जित पक्का छ ।’  

यस्तै, उनले आफुले पार्टी छोडेको होइन भनि प्रष्टिकरण दिदै सांसद पदमात्र सम्मानित नेतालाई चुनावका माध्यमबाट दिन चाहेको सुनाए । मानन्धरले, ‘मैले पार्टी छोडेको छैन । म विकासका लागि अघि बढेको छु । जनताको अपेक्षा विकास निर्माण हो ।’ सोमबार सांसद मानन्धरको पत्र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेका थिए ।

नेकपामा नेताबीच बढेको कलह मिलाउन र पार्टी एकतालाई तल्लो तहसम्म लैजान भनी बसेको सचिवालय बैठकमा दाहालले वामदेवका लागि रामवीरले सांसद पद त्याग्न तयार भएको पत्र प्रस्तुत गरेका थिए । रामवीरलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने आश्वासन दिएर फकाइएको कुरा समेत आएको छ ।

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला