माधव नेपालको असहमतिबारे प्रधानमन्त्री ओलीले भने,‘हावा लाग्यो पात हल्लियो भन्दै त्यसपछि दौडिनु जरूरी छैन्’

माधव नेपालको असहमतिबारे प्रधानमन्त्री ओलीले भने,‘हावा लाग्यो पात हल्लियो भन्दै त्यसपछि दौडिनु जरूरी छैन्’

काठमाडौं । राष्ट्र संघको ७३ औं महासभामा भाग लिएर प्रधानमन्त्री केपी ओली बिहीबार साँझ काठमाडौं फर्किएका छन् । असोज ६ गते  ७३ औं महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री ओलीको टोली आज काठमाडौं फर्किएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुरा गर्दै प्रधानमन्त्री ओलीले नेता माधव नेपालसँगको सम्बन्धलाई दृष्टिकोण बनाउन नहुने बताए ।  संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’

प्रधानमन्त्री ओलीले एउटा हावा चल्यो पात हल्लियो भन्दैमा त्यसको पछि दौडिनु जरुरी छैन । ओलीले भने, उहाँ (माधव नेपाल)सँग आफ्नो सम्बन्ध २९ सालदेखि लगातार छ। घनिष्टता र मित्रता छ। सँगै काम गरेका छौं। सम्बन्धमा चिन्ता छोडेर ढुक्क हुनोस् ।’

सरकारले नराम्रो काम एउटा पनि गरेको र राम्रो गर्ने कोसिस गरेको प्रधानमन्त्री ओली बताए । आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्छ र अर्को चुनावपछि झन् बलियो भएर आउने उनले बताए । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरेको भन्दै उनले भने, ‘भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ ।’

उनले अमेरिका तथा कोष्टारिका भ्रमण नेपालको हित प्रवर्धनमा फलदायी भएको बताए ।

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला