दैनिक पत्रिका जलाएको घटनाप्रति महासंघको आपत्ति

  दैनिक पत्रिका जलाएको घटनाप्रति महासंघको आपत्ति

काठमाडौं । प्रकाशित समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा आज वितरणका लागि ल्याइएका केही दैनिक पत्रिका जलाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।  बुधबार बिहान वितरणका लागि कैलालीको अत्तरियामा राष्ट्रिय दैनिक कान्तिपुर, दि काठमाडौं पोष्ट, नागरिक, अन्नपूर्णपोष्टलगायतका पत्रिका जलाइएको घटनाले जनताको सुसूचित हुने हक हनन गरेको ठहर महासंघले गरेको छ ।

सुदूरपश्चिमको राजधानीसम्बन्धी समाचार ती पत्रिकाहरुमा छापिएको भन्दै हातमा पेट्रोल बोकेर आएका ४/५ जनाको समूहले बिहान ६ः०० बजे वितरणका लागि लगिएको पत्रिका गाडीबाट कब्जामा लिई अत्तरियाको निलम पुस्तक पसलअगाडि जलाएका थिए । यसअघि असोज १६ गते आफू अनुकूल समाचार प्रवाह नगरेको भन्दै कञ्चनपुरमा सगरमाथा टेलिभिजनका सम्वाददाता चन्द्रकान्त जोशीमाथि एक समुहले आक्रमण गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने भरपर्दो माध्यमको रुपमा रहेका पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गर्नु भनेको स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप हो । यस्ता कार्यले नेपालको संविधानको धारा १९ मा व्यवस्था भएको सञ्चारको हकको उल्लंघन हुनुका साथै जनताको सुसूचित हुनपाउने अधिकारलाई कुण्ठित पार्ने महासंघको ठहर छ ।

महासंघ यस्ता प्रेसविरोधी क्रियाकलापको कडा शब्दमा भत्र्सना गर्दछ । महासंघ यो घटनाको छानबिन गरी दोषीलाई तत्काल् कानुनी दायरामा ल्याउन र सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षामा संवेदनशील भई यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ । 

घटनाको पत्रकार महासंघ कैलाली शाखाले पनि विरोध गर्दै विज्ञप्ति जारी गरेको छ ।

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला