धनगढीमा आन्दोलनको स्वरुप फेरियो

                धनगढीमा आन्दोलनको स्वरुप फेरियो

धनगढी । प्रदेश नम्बर ७ को प्रदेश सभाले राजधानी र नाम तोकेको निर्णय विरुद्धको आन्दोलनको स्वरुप फेरिने भएको छ । दशैंको माहोललाई हेरेर नागरिक समाज संघर्ष समिति धनगढीले प्रेस विज्ञप्ति जारी गर्दै आमहड्ताललाई स्थगित गरी आन्दोलनको स्वरुप परिवर्तन गरेको बताएको छ ।  

सोमबार राति ८ बजे धनगढी उपमहानगरपालिकाभित्र १ घण्टा ब्ल्याक आउट गर्ने निर्णय  संघर्ष समितिले गरेको छ ।  

नेपालीहरुको महान चाड बडादशैं नजिकिएसंगै धनगढीस्थित विभिन्न संघ संस्थाहरुको आग्रह र बिद्यार्थीहरुको परीक्षालाई असर पर्न जाने हुँदा तल्काललाई आमहड्ताल स्थगित गरी आन्दोलनको स्वरुप परिबर्तन गरिने विज्ञप्ति मार्फत जनाइएको छ ।

आन्दोलनलाई बदनाम पार्न सरकारले घुस पैठ गर्ने तयारी गरेको बुझिएपछि आन्दोलनको स्वरुप परिवर्तन गर्नु परेको जनाइएको छ । आन्दोलनका भावी कार्यक्रम सोमबार घोषणा गरिने जनाइएको छ । प्रदेश सभाले प्रदेश नम्बर ७ को राजधानी गोदावरी २ र ४ मा पर्ने तेघरीस्थित अन्तरास्ट्रिय मोहना जैविक मार्गमा राख्ने प्रस्ताव पेश गरिए लगत्तै धनगढीमा आन्दोलन सुरु भएको थियो ।

प्रस्तावित राजधानी र नामको बिषयमा धनगढी र डोटीमा असन्तुष्टि जनाउँदै आन्दोलन गरिए पनि प्रदेश सभाले दुई तिहाई बहुमतले प्रस्ताव पारित गरि चुरेको फेदमै रहेको जैविक मार्गमै राजधानी तोकेको थियो ।

प्रतिकृया दिनुहोस

देशभर गर्मी वढ्यो

स्थानीय तहले कर्मचारी राख्ने बाटो

मिडिया काउन्सिल विधेयक परिमार्जन

छोरीलाई जवरजस्ती बलात्कार गर्ने

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशनको

लोक सेवा आयोगले गरेको विज्ञापन संविधानसम्मःकार्यवाहक

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला