धनगढीका मेयर विरुद्ध सांसदले हाले उजूरी

      धनगढीका मेयर विरुद्ध सांसदले हाले उजूरी

धनगढी  । धनगढी उपमहानगरपालिकका मेयर नृप ओडले दिएको अभिव्यक्ति विरुद्ध प्रदेश नं ७ का सांसदले जिल्ला प्रशासनमा उजुरी दर्ता गरेका छन् । प्रदेशको राजधानी गोदावरी सार्ने प्रस्ताव विरुद्ध अभिव्यक्ति दिएको भन्दै उजुरी दर्ता गरिएको हो ।

राजधानी सार्ने आन्दोलनका क्रममा मेयर ओडले प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका थिए । धनगढी बाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा वस्ने अधिकार नभएको भन्दै २४ घण्टामा धनगढी छोड्न चेतावनी दिएका थिए । उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्याएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने बताएका थिए ।

मेयरको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै प्रदेशसभा सदस्यहरुले नै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । प्रदेश सभा सदस्यहरु हर्क वहादुर कुँवर, लिलाधर भट्ट, नन्दबहादुर साउँद, देवकी मल्ल, अक्कलबहादुर रावल, कृष्ण सुवेदी र गेल्वुसिह बोहराले मेयर विरुद्ध उजुरी हालेका हुन् ।

उजुरीमा दंगा भड्काउने अभिव्यत्ति दिएकाले कानुनी कारवाहीको माग गरिएको छ। मेयर ओडले आक्रोशमा गलत शब्द बोलेको स्वीकार गरिसकेका छन् । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर ओडले आक्रोशमा गलत शब्द बोलेको बताएका हुन् ।

प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लना रहेको आरोप मेयर ओडले लगाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला