काठमाडौं जिल्लामा पहिलो विद्यालय भवन हस्तान्तरण

    काठमाडौं जिल्लामा पहिलो विद्यालय भवन हस्तान्तरण

काठमाडौं । चन्द्रागिरी नगरपालिका–१३, नैकापस्थित विद्यामन्दिर माविको नयाँ भवन निर्माण सम्पन्न भएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर विद्यालयलाई हस्तान्तरण गरेको हो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझीले विद्यालयका प्रधानाध्यापक माधव गौतमलाई सोमबार विद्यालय भवन हस्तान्तरण गरेका हुन् । २०७२ सालको महाभूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरू अस्थायी टहरामा बसेर पढन वाध्य थिए । भूकम्पका कारण क्षतिग्रस्त विद्यालय भवनको पुनर्निमाणका लागि इकाईले २०७४ मंसिर २५ गते सम्झौता गरेको थियो ।

इकाईले १ करोड ७ लाख ५० हजार २ सयमा आठ कोठे दुई तले अत्याधुनिक भवन र शौचालय निर्माण गरेको हो । विद्यालय हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि एवं चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले विद्यालयलाई अब शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन अनुरोध गरे ।   आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझीले माघ १५ मा निर्माण सम्पन्न हुनुपर्ने विद्यालय भवन ४ महिना ६ दिन १३ घण्टा छिटो हस्तान्तरण गर्न आफूहरु सफल रहेको बताए ।

आफू काममा विश्वास गर्ने भन्दै छोटो मन्तव्य राखेका रायमाझीले अब काठमाडौंमा बालबालिका छिट्टै अस्थायी टहरामा पढ्नुपर्ने बाध्यता अन्त्य हुने जिकीर गरे । विद्यालयका प्रधानाध्यापक माधव गौतमले भवन पाएपछि सिकाइ सुधारमा मात्रै केन्द्रित हुने बताए । ईकाइले विभिन्न मोडलमा विद्यालय भवनको पुनर्निर्माण गर्दै आएको छ ।

यसवर्ष विद्यालय व्यवस्थापन समिति मार्फत ३९, एसियाली विकास बैंक मार्फत ११, युएसआइी मार्फत २ र एउटा चाइनिज राजदुतावास मार्फत गरी ५३ ओटा विद्यालय पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य इकाईले राखेको छ । सेतीदेवी मावि दक्षिणकाली–९ र श्रीकृष्ण मावि दक्षिणकाली–८ को भवन पुनर्निर्माण सम्पन्न भइसकेकाले आगामी असोज १२ गते विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यान्वयन इकाईले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला