निर्मला हत्यारालाई कुनै पनि हालतमा छोडिन्नःप्रधानमन्त्री ओली

    निर्मला हत्यारालाई कुनै पनि हालतमा छोडिन्नःप्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तलाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका निर्मलाका बाबु यज्ञराज र आमा दुर्गादेवीसँगको भेटमा प्रधानमन्त्रीले प्रहरी अधिकारीबाट निर्मला हत्याको छानबिनमा केही त्रुटि भए छानबिन गरेर वास्तविक हत्यारा पत्ता लगाउने वचन दिए ।  प्रधानमन्त्रीले आफू यस विषयमा अत्यन्त संवेदनशील भएको भन्दै निर्मलाले न्याय पाउने कुरामा पूर्ण विश्वस्त हुन अनुरोध समेत गरेका छन् ।

बालुवाटारमा बिहान आधा घण्टा भएको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का प्रमुख राजनीतिक दलका नेताहरू सहभागी थिए। नेताहरू भीम रावल, लेखराज भट्ट, दीपकप्रकाश भट्ट, रमेश लेखकसहित नेकपा र कांग्रेसका प्रमुख नेताहरू भेटमा थिए।

प्रधानमन्त्रीले घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको विश्वास गर्नु सरकारको बाध्यता भएको र त्यही विश्वासका कारण धोका भएको बताएका थिए । सुरक्षाको जिम्मेवारी लिएको प्रहरीले छानबिन गर्छ भन्नेमा विश्वास गर्‍यौँ। तर पछि उनीहरूको गल्ती कमजोरी गरेको महसुसर गर्‍यौँ, प्रधानमन्त्रीले भने,‘प्रहरीले त्रुटिमात्र गरेको हो कि बदमासी नै गरेको हो, छानविन गर्छौँ। कुनै ओहोदामा बसेको भए पनि, कुनै दलको भए पनि, धनको बल भए पनि कारबाही गरेर छोड्छौँ। नयाँ शिराबाट अनुसन्धान थालिएको छ, न्याय पाउने कुरामा विश्वस्त हुनुस् ।’  

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला