सेवामूलक संस्था सेवामै केन्द्रित हुनुपर्छः मन्त्री यादव

सेवामूलक संस्था सेवामै केन्द्रित हुनुपर्छः मन्त्री यादव

काठमाडौं । सेवामूलक संस्थाहरूले नाफा भन्दा सेवामा जोड दिनुपर्ने उद्योग तथा वाणिज्य मन्त्री मातृका यादवले बताएका छन् । बुधवार काठमाडौंमा साल्ट टे«डिङ कर्पाेरेसनको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै यादवले सेवा गर्ने संस्थाहरूले  नाफा आर्जन गर्दा आपूर्तिमा ध्यान दिनुपर्नेमा जोड दिए ।

कर्पाेरेसनले आपूर्ति गर्दै आएको चिनी र मलको बजारमा अभाव रहेको मन्त्री यादवले बताए । कृषि प्रधान देशमा सबै प्रकारका खाद्यान्न आयात हुनु चिन्ताको विषय हो । मन्त्री यादवले भने, ‘जुन निकायले जे जिम्मेवारी लिएको हो त्यो ठिक ढंगले पूरा गर्नुपर्छ ।’

उनले साल्ट टे«डिङमा रहेको प्रशासनिक समस्याप्रति संकेत गर्दै भने, ‘कर्मचारी, सञ्चालक समिति, सिइओ, सरकार र उपभोक्ताबीच अन्तरक्रिया गरेर समस्या समाधान गर्नुपर्छ ।’

कार्यक्रममा कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बजारमा चिनीको अभाव नरहेको प्रष्ट पारिन् । बजारमा मल अभाव रहेकोप्रति सहमति जनाउँदै उनले भनिन्, ‘हाम्रो जिम्मा ३० प्रतिशत आपूर्तिको हो । सरकारले दिएको अनुदान रकम नै अपुग भएपछि कसरी आपूर्ति गर्ने ?’

कर्पाेरेसनले विराटनगरमा मोरङ सुगर मिल्सको जमिनमा आधुनिक कृषि उपकरण प्रयोग गरेर उखु खेती गरिरहेको पनि श्रेष्ठले जानकारी दिईन् । कार्यक्रममा कर्पाेरेसनका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत गरिएको थियो ।

सञ्चालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पाेरेसनले मूल्य वृद्धिको बेला घाटा सहेर पनि आपूर्ति गर्ने गरेको बताए । उनले भने, ‘कर्पाेरेसनले जुनसुकै कामका लागि पनि सरकारबाट पूर्ण सहयोग प्राप्त गरेको छ ।’

 

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले भने,‘साधु सन्त बन्न

निर्मला हत्यारालाई कुनै पनि हालतमा

डा.भट्टराईलाई अमेरिकामा कालो

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु

सेवामूलक संस्था सेवामै केन्द्रित

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला