प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ

         प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपति भवन शितलनिवासमा प्रधानन्यायाधीश मिश्रलाइ शपथ गराइएको हो ।

हिजो बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समिति बैठकमा मिश्रले न्यायालय सुधारका लागि २५ पृष्ठ लामो कार्यायोजना पेश गरेका थिए ।  अदालतमा बिचौलियाको प्रवेश रोक्ने, न्यायालयमा हुने भ्रष्टाचार शुन्यमा झार्ने र न्यायाधीश उपर परेका उजुरीको छानविन  गरी कारवाही अघि बढाउने प्रतिवद्धता गरेका थिए ।

समितिमा मिश्र विरूद्ध तीनवटा उजुरी परेका थिए  । सुनुवाइका क्रममा सांसदहरुले अदालतलाई विकृतिरहित र न्यायलयलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोडदिएका थिए ।

विकास निर्माणका काम रोक्ने गरी अदालतबाट हुने आदेश तथा सर्वोच्च अदालतका न्यायाधीशबीचको बेमेलले न्यायसम्पादन प्रभावित भएको तर्फ पनि सांसदहरुले ध्यानाकर्षण गराएका थिए । मिश्रको कार्यकाल ५ महिना हुने छ । आगामी पुसमा उनको सेवा अवधि भएकाले मिश्रले छोटो अवधि प्रधानन्यायाधीशका रूपमा  न्यायालयको नेतृत्व सम्हाल्ने छन्  ।  

 

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले भने,‘साधु सन्त बन्न

निर्मला हत्यारालाई कुनै पनि हालतमा

डा.भट्टराईलाई अमेरिकामा कालो

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु

सेवामूलक संस्था सेवामै केन्द्रित

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला