समृद्ध नेपाल हेर्ने भारतको चाहना छःप्रचण्ड

            समृद्ध नेपाल हेर्ने भारतको चाहना छःप्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतले नेपाल समृद्ध भएको हेर्न चाहेको बताएका छन्।

चार दिने भारत भ्रमणबाट  स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमणले दुई देशबीच भएका सम्झौता कार्यान्वयमा वल पुग्ने बताए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा दिल्ली पुगेका प्रचण्डले भारतको चाहना नेपाल शान्त र समृद्ध भएको हेर्ने रहेको बताए। विगतमा प्रधानमन्त्रीस्तरमा भएको भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यावहारिक रूपमा कार्यान्वयन गराउन यस पटकको भ्रमण सफल र फलदायी भएको छ ।

सरकारले गरेको समझदारी कार्यान्वयन गराउन मात्रै आफ्नो भ्रमण केन्द्रित रहेको उल्लेख गर्दै उनले विकासनिर्माणका कामलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताए । 

‘नेपालमा अहिले बलियो सरकार बनेको छ, हामी अब विकास र समृद्धि चाहन्छौँ’, त्यहाँका जिम्मेवार व्यक्तिको भनाइ उद्धृत गर्दै प्रचण्डले भने,‘स्थित, शान्त र समृद्ध नेपाल नै चाहना हो ।’ प्रचण्डले भारत भ्रमणमा सुरक्षा सल्लाहकार अजित डोबलदेखि पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरेका थिए।

अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, सुवास नेम्वाङ, देव गुरुङ, अग्निप्रसाद सापकोटा, देवेन्द्र पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, कानुनमन्त्री भानुभक्त आचार्य, पूर्व सभामुख ओनसरी घर्ती र खानेपानी मन्त्री बीना मगरसहित दर्जनौं नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले भने,‘साधु सन्त बन्न

निर्मला हत्यारालाई कुनै पनि हालतमा

डा.भट्टराईलाई अमेरिकामा कालो

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु

सेवामूलक संस्था सेवामै केन्द्रित

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला