नवीन घिमिरे अख्तियार प्रमुखमा सिफारिश

 नवीन घिमिरे अख्तियार प्रमुखमा सिफारिश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्व गृह सचिव नवीन घिमिरे सिफारिश भएका छन् । अख्तियारका कार्यवाहक प्रमुख समेत रहेका घिमिरेलाई बुधबार बसेको संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको हो ।

अख्तियार प्रमुख दीप बस्न्यातले फागुनमा अवकाश पाएपछि घिमिरे अख्तियारको कार्यवाहक भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घिमिरेको नाममा सहमति जनाएको बताइन्छ । उनको नाम संसदीय सुनवाई समितिमा पठाइने छ ।

प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री तथा उपसभामुख सदस्य रहने व्यवस्था संवैधानिक प्रावधान रहेको छ ।

करिव ३५ वर्ष प्रशासन सेवामा विताएका घिमिरे पूर्व सचिव हुन् । सुरक्षा र प्रशासन क्षेत्रमा दख्खल राख्ने घिमिरे काठमाडौंको सिफलका स्थायी बासिन्दा हुन् । २०१२ साल भदौमा जन्मिएका उनले जन प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । गृहसचिवबाट अवकाश पाउनुअघि उनले रक्षा, वन तथा भुसंरक्षण मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस

राजेन्द्र महतोले भने,‘साधु सन्त बन्न

निर्मला हत्यारालाई कुनै पनि हालतमा

डा.भट्टराईलाई अमेरिकामा कालो

ढिलो गरी न्याय पाउनु भनेको न्याय नपाउनु

सेवामूलक संस्था सेवामै केन्द्रित

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला