विकास निर्माणमा गुणस्तरहीन काम पाइए कर्मचारी र ठेकेदारमाथि कारबाहीःमन्त्री महासेठ

विकास निर्माणमा गुणस्तरहीन काम पाइए कर्मचारी र ठेकेदारमाथि कारबाहीःमन्त्री महासेठ

मोरङ । निर्माणको जिम्मा लिएर समयमै काम नसक्ने निर्माण व्यवसायीलाई कारबाही गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताएका छन् ।

निर्माण व्यवसायी संघ मोरङले सोमबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कतिपय ठेकेदारको लापरबाही कारण आयोजना निर्माण अलपत्र भएको भन्दै जिम्मा लिएर काम नगर्ने परिपाटी अन्त्य गर्न आफू लागि परेको बताए । ‘‘साइट क्लियरेन्स नभएर र अन्य कुनै अवरोधका कारण निर्माण ढिलाइ भएको अवस्थामा कारबाही हुँदैन,’ उनले भने, ‘साइड क्लियरेन्स भएको र जानाजान निर्माण काममा ढिलाइ गर्नेलाई कारबाही हुन्छ ।’

विकास निर्माणको काममा गुणस्तरहीन काम भएको पाइएको अवस्था कर्मचारी र ठेकेदार दुबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । योजना प्रमुखदेखि साइड इञ्चार्ज र फिल्ड सुपरभिजन गर्ने कर्मचारीको मिलेमतोबिना गुणस्तरहीन काम हुन नसक्ने मन्त्री महासेठको भनाइ छ ।

कार्यक्रममा प्रदेश १ संसदका सभामुख प्रदिपकुमार भण्डारीले केही निर्माण व्यवसायीहरूको कामले समग्र निर्माण व्यवसाय पेसा नै अमर्यादित भएको बताए । प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियैतले मुलुकी र फौजदारी संहिता दोस्रो संविधानसभाका ६ सय १ सांसदले निर्माण गरेकाले अहिलेको सरकारको विरोधमा आन्दोलन गरेर समय खेर नफाल्न सबैलाई आग्रह गरे ।

निर्माण व्यवसायी मोरङका अध्यक्ष सन्तोषकुमार ढुंगानाले निर्माण व्यवसायीलाई फौजदारी संहिता ऐन ल्याएर अप्ठयारो पार्ने काम भएकाले त्यसमा सुधार गर्न आवश्यक भएको बताए । उनले स्थानीय तहहरूले निर्माण सामग्री ढुवानीमा लगाएको जथाभावी करले काम गर्न समस्या भएको गुनासो पोखे ।

प्रतिकृया दिनुहोस

ईपीजीको प्रतिवेदन छिट्टै मोदी

प्रचण्डले गरे गलेश्वर मन्दिरमा अारती

प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकारमा

राष्ट्र बैंकले भन्योः शैक्षिक प्रमाणपत्र

सिंहदरबार निर्माणको काम १८ महिनामा

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला