मौसम विज्ञान भन्छःकतै भारी वर्षा कहि हल्का

    मौसम विज्ञान भन्छःकतै भारी वर्षा कहि हल्का

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसममा परिवर्तन हुने अनुमान गरेको छ । शुक्रबार गरेको पूर्वानुमान अनुसार कतै भारी वर्षा हुने उल्लेख छ भने कतै फाटफुट वर्षा हुने बताइएको छ । भारी वर्षा हुने स्थानमा नदीको वहाव बढ्ने भएकाले सचेत रहन सबैमा अपील पनि गरिएको छ ।

शुक्रबार–दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा भने भारी वर्षाको हुने र शुक्रबार राति पश्चिमका केही स्थानमा तथा पुर्व र मध्यका एक–दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। शनिबार– देशका विभिन्न स्थानमा दिउँसो र राति सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने छ । राति पश्चिमका केही स्थानहरुमा र पुर्व  तथा मध्यका एक वा दुई स्थानमा भारी बर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले बताएको छ ।

साउन २७, आइतबार – देशभर सामान्यदेखि पूर्ण बदली रही दिउँसो केही स्थानहरूमा हल्का वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानहरुमा स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। आइतबार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। आइतबार राती पश्चिमका केही स्थानहरुमा भारी बर्षाको पनि सम्भावना रहेको छ।

नदीहरुमा पनि पानीको बहाव बढ्ने खतरा पूर्वानुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका अनुसार शनिबार र आइतबारदेखि प्रायः नदीहरूमा बहाव  सतर्कता र केहिमा खतरा तह आसपास हुने पूर्वानुमान गरिएको छ । निन्दा, बिरिङ कन्काई, कमला, खाडो, गागन, रातु, त्रियुगा, लालबकैया, लोथर, मनहरी, रिउखोला, पुर्विराप्ती, बाणगंगा, अरूणखोला, बिनयखोला, तिनाउ, बाणगङगा, मोहना, मछेली लगायत तराईमा सतर्क रहन आग्रह समेत गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

२ नं प्रदेशका सामाजिक विकास मन्त्रीले

शंकराचार्यको महिमा सरकारले बुझेनः

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि