जाजरकोटका पहिरो पीडितलाई राहत वितरण

     जाजरकोटका पहिरो पीडितलाई राहत वितरण

सुर्खेत/जिल्ला प्रशासन कार्यालयले जाजरकोटका पहिरो पीडितलाई जनही रू. १ लाख राहत वितरण गरेको छ । आइतबार जाजरकोट सदरमुकाम खलंगाको ठाँटीमा गएको पहिरोमा परेर आफन्त गुमाएका र विस्थापित परिवारलाई राहत वितरण गरिएको हो । 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले पीडित परिवारलाई जनही एक लाखको चेक हस्तान्तरण गरे ।   पहिरोमा छोरी गुमाएका तीर्थराज बोहरा, छोरा गुमाएका कुशे ६ भार्माका प्रेम परियार र कृष्ण परियारलाई जनही १/१ लाख, तीन छोरी र श्रीमति गुमाएका भेरी ६ गंगटियाका लालबहादुर लुहारलाई एक मुष्ठ ४ लाख रुपैयाको चेक हस्तान्तरण गरिएको थियो ।

पहिरोमा बेपत्ता भएका कुशे ५ का  गोविन्द परियार अझै वेपत्ता रहेकाले एकीन भएपछि मात्र राहत प्रदान गरिने छ । प्रजिअ बस्नेतका अनुसार घर पुरिएका परिवारको आवास ब्यवस्थापनका लागि तीर्थराज बोहरा र गोपाल सुनारलाई जनही दश हजारका दरले रकम प्रदान गरिएको छ ।

यस अघि मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट २५ हजार र भेरी नगरपालिकाको तर्फबाट ३० हजारका दरले राहत प्रदान गरिएको थियो । पहिरोका कारण विस्थापित भएर सदरमुकाम स्थित बृद्धाश्रम केन्द्रको भवनमा बस्दै आएका ७ घर परिवारलाई कुशे गाँउपालिका र स्थानीय प्रशासनले खाद्यन्न तथा लत्ता कपडा सहयोग गरेको छ ।

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला