भेटिएन गोविन्दको लाश

     भेटिएन गोविन्दको लाश

दिपेन्द्र शर्मा/जाजरकोट, जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरो बेपत्ता गोविन्द परियारको लाश अझै भेटिएका छैनन् । तीन दिन बित्दा पनि अझै उनको लाश भेटिएको छैन ।  

कुशे गाँउपालिका– ५ जाजरकोटका ८ वर्षीय गोविन्दको लाश खोजी कार्य आजपनि जारी रहेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनको खोजीका लागि नेपाल प्रहरी, शसस्त्र  प्रहरी र नेपाली सेना घटनास्थलमा परिचालन गरिएको बस्नेतले बताए । पानी नरोकिएको र पहिरो गएको ठाँउ हिलाम्य भएकोले उद्धारमा कठिनाई भएको बस्नेतले बताए ।

आइतवार बिहान गएको पहिरोले पुरेका एकै घरका चार जना सहित आठ जनाको मृत्यु भएको थियो । भेरी नगरपालिका ६ गंगटियाका लालबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितली  लुहार, उनका छोरीहरु  १० वर्षीय रञ्जना लुहार , ७ वर्षीय मनिसा  लुहार, र ३ वर्षीय भगवती लुहार, कुशे गाँउपालिका  ५ का १३ वर्षीय नरेन्द्र परियार, १० वर्षीय दशरथ परियार  कुशे ६ का ११ वर्षीय नवीन परियार र  बारेकोट गाँउपालिकाका  तीर्थ बोहराकाकी छोरी नजम बोहराको मृत्यु भएको थियो ।

भेरी नगरपालिका ३ ठाँटीवजारबाट पानीनाउला जाने बाटोमा रहेका गोपाल नेपाली र तीर्थराज बोहराको घरमा पहिरो जाँदा  भेरी नगरपालिका– ६ गंगटियाका लालबहादुर लुहारको जीवितै उद्धार गरिएको थियो । उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

२ नं प्रदेशका सामाजिक विकास मन्त्रीले

शंकराचार्यको महिमा सरकारले बुझेनः

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि