चौबाटोका लोकल कुखुरा व्यापारीलाई अमेरिका नि यही जापान पनि यही

चौबाटोका लोकल कुखुरा व्यापारीलाई अमेरिका नि यही जापान पनि यही

सरस्वती ढुङ्गाना/काठमाडौं, शिक्षित हुन वा अर्ध शिक्षित नेपाली युवाको एउटै गुनासो छ, देशमा रोजगारी नै पाइएन । सरकारले रोजगारीको व्यवस्था गरिदिएन । त्यही कारण कामको खोजीमा कति युवा युरोप/अमेरिका छिरेका छन भने लाखौं नेपाली खाडी मुलुकको चर्को घाममा सस्तो श्रम बेच्न वाध्य भएका छन् । तर, मेहनती र लगनशील भएर काम गर्ने काभ्रेका कृष्ण लामा र प्रकाश तमाङका लागि भने लोक गायक पशुपति शर्माले भने झैं अमेरिका नि यही जापान पनि यही छ ।

काभ्रे कोशीपारीका कृष्ण लामा ४५ वर्षका भए । उनी २३ वर्षदेखि काठमाडौंको चावहिल चोक छेउमा लोकल कुखुराको व्यवसाय गर्दै आएका छन् । उनको दैनिकी बिहान भाले बास्दैबाट शुरू हुन्छ र बेलुकासम्म उनलाई फुर्सद हुँदैन। कुखुरा बेच्ने साँघुरो स्थान तर मनग्य आम्दानी । कृष्ण भन्छन्,‘खर्च कटाएर बार्षिक रू ६ लाख कमाइ हुन्छ ।’ उनले काममा सघाउन तीन जना सहयोगी राखेका छन् । भन्छन्, ‘दैनिक १५० ओटा जति कुखुरा विक्री गर्छु ।’ हुन त लोकल कुखुराका पारखीका लागि कृष्ण नयाँ व्यक्ति भने होइनन् ।

उनी आफू कुखुरापालक भने होइनन् । अरूले ल्याएका कुखुरा किन्ने बेच्ने उनको धन्दा हो । करीब एक हजार जति लोकल रातो जातको कुखुरा राखेका छन् उनले । काभ्रे, झापा, मोरङ्ग, सुनसरी, रामेछाप लगायतका जिल्लाबाट ल्याइएको कुखुरा उनले प्रतिकिलोे ५ सयको  दरले किन्ने गरेको बताए । उनी त्यसमा १/२ सय मार्जिन राखेर बिक्री गर्छन् । भन्छन्,‘ज्यूँदो र तयारीको एउटै रेट । ज्यूँदो लानु र तयारी लानुमा केही फरक छैन ।’

शहरमा जताततैको बोईलरले बजार पिटेको छ । तर त्यसले लोकलका ग्राहकलाई खासै फरक नपारेको कृष्णको अनुभव छ । लोकलका पारखी, सुत्केरी, विरामी र कतिपयले भाकल पुरा गर्न पनि कुखुरा किन्ने गर्छन् । उनी मासिक रू. ४० हजार सटर भाडा मात्र तिर्छन् । कुखुरा बेचेरै उनले दुई छोराको पढाइ खर्च टारेका छन भने परिवारको खर्च पनि धानेका छन् ।

पाटन, कलंकी, कीर्तिपुर, बालाजु लगायतका क्षेत्रबाट ग्राहक आउने उनी बताउँछन् । कृष्ण मात्र होइनन् काठमाडौंको मुटु महाबौद्धमा लोकल कुखुरा व्यवसाय गर्दै आएका काभ्रे कोशीपारिकै प्रकाश तामाङको आम्दानी पनि लोभलाग्दो छ । उनी भन्छन्,‘यो काममा अलि दुःख छ, तर आम्दानी राम्रंो छ ।’ सिजनमा दैनिक ७० किलोसम्मको अर्डर आउने उनी बताउँछन् । विशेष पूजा, विवाह, व्रतबन्धका बेला माग धन्नै नसकिने उनको भनाइ छ । ३५ वर्षे यी युवा मासिक रू ४० हजार कमाई हुने बताउँछन् ।

प्रकाश भन्छन्, ‘चार जनाको परिवार पाल्न मलाई खाडीमा भेडा चराउन जानुपर्दैन ।’ उनले साथमा एक जना सहयोगी पनि राखेका छन् । कृष्ण र प्रकाश मात्र होइनन् काठमाडौंको अन्य चोकका लोकल कुखुरा व्यवसायीको आम्दानी पनि राम्रै छ ।      

 

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला