जाजरकोटमा पहिरोमा परेर ८ जना मृत्यु, १ को जीवितै उद्धार

 जाजरकोटमा पहिरोमा परेर ८ जना मृत्यु, १ को जीवितै उद्धार

जाजरकोट ।  जाजरकोट सदरमुकाम खलंगामा आइतबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ८ पुगेको छ। पहिरोले पुरेका ८ जनाको शव निकालिएको छ। १ जना अझै बेपत्ता छन्। एक जनाको जीवितै उद्धार गरिएको छ। भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको हो।

मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनकी छोरीहरू ९ वर्षीया भावना परियार,६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिशा परियार रहेका छन्। उनीहरूको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो। उनीहरू सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए। त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ।

जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। छाती, टाउको र खुटटामा चोट लागेका लुहारको अवस्था गम्भीर रहेको बताइएको छ । यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ। त्यसैगरी नलगाड– १ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको शव फेला परेको छैन। पानी परिरहेकोले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले जानकारी दिए ।

पहिरोका दृश्यहरूः

दीपेन्द्र शर्मा/जाजरकोट  

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला