कांग्रेस नेता आचार्यको स्मरणमा रङ्गशाला निर्माण गरिने

कांग्रेस नेता आचार्यको स्मरणमा रङ्गशाला निर्माण गरिने

काठमाडौं । कांग्रेस नेता स्वर्गीय सुदर्शन आचार्यको स्मरणमा राष्ट्रियस्तरको रङ्गशाला निर्माण गरिने भएको छ । आचार्यको ४५ औं पुण्यातिथीका अवसरमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ का स्थानीय निकाय र तारकेश्वर नगरपालिकाले रङ्गशाला निर्माण गर्ने घोषणा गरेका हुन् ।

काठमाडौँ तारकेश्वर नगरपालिका– ५ का गोलढुङ्गा खेलकुद समाजका अध्यक्ष समेत रहेका आचार्य राजनीतिसँगै खेलकुद सम्बन्धी कार्यमा पनि सक्रिय थिए । गोलढुङ्गा खेलकुद समाजले आचार्यको पूर्णकदको शालिक साथै राष्ट्रिय स्तरको खेलकुद एकेडमी स्थापना गर्न लागेको हो ।

  रंगशााला तारेश्वर नगरपालिका र काठमाडौँ क्षेत्र नं ७ मा रहेका स्थानीय निकायहरुले निर्माण गर्ने सो क्षेत्रका सांसद रामविर मानन्धरले बताए । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले पनि यस कार्यका लागि सहयोग गर्ने वचन दिएका छन् । आधुनिक राष्ट्रियस्तरको रंगशााला निर्माण हुँदा यस क्षेत्रको पर्यटकीय र साँस्कृतिक विकासमा महत्वपूर्ण टेवापुग्ने र स्व. आचार्यको खेलप्रतिको लगाव पुरा हुने बताए ।

आगामी मंसिरमा गोलढुङ्गा खेलकुद समाजले बृहत महायज्ञ गरि रंगशाला निर्माण कार्य थाल्ने गोलढुङ्गा खेलकुद समाजकका कार्यवाहक अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए । अर्यालले संस्थापक अध्यक्ष आचार्यले रंगशाला निर्माणका लागि २०५२ साल देखि नै निरन्तर रुपमा योगदान सक्रिय रहेको बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिका– १६ का वडाअध्यक्ष तथा नेपाली काँग्रेस ७ नं क्षेत्रका क्षेत्रीय सभापति मुकुन्द रिजालले अचार्यको योगदानको चर्चा गर्दै रंगशााला निर्माणमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमा स्वर्गीय आचार्यकी श्रीमती उमा आचार्य र छोरी दीक्षिता आचार्यले स्वर्गीय आचार्यले आफ्नो जीवन समाज सेवामा समर्पित गरेको हुँदा यस समाजले उहाँको योगदानका लागि उचित करद गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा तारकेश्वर नगरपालिका ५ का वडा अध्यक्ष बासुप्रसाद गौतमका साथै तारकेश्वार नगरपालिकाका विभिन्न रानीतिक दलका जनप्रतिनिधिले आचार्यको योगदानको चर्चा गरेका थिए । सो अवसरमा यस क्षेत्रका साहित्यकार राजेन्द्र अर्यालले स्वर्गीय आचार्यका नाममा सुदर्शन खण्डकाव्य तयारी गरेको जानकारी दिए । अर्यालले काव्यका केही महत्वपूर्ण श्लोक समेत वाचन गरेका थिए ।

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला