संसदीय सुनुवाईबाट प्रधानन्यायाधीस जोशी अस्वीकृत

संसदीय सुनुवाईबाट प्रधानन्यायाधीस जोशी अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीलाई अस्वीकृत गरेको छ। समितीको शुक्रबार बसेको वैठकमा दुई तिहाइ सांसदले विपक्षमा मतदान गरेपछि जोशी अस्वीकृत भएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको थियो ।  जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले सभापतित्व गरेको वैठकमा मतदान पक्रियामा जाने भनेपछि कांग्रेसले वैठक वहिस्कार गरेको एक सदस्यले बताए ।

दुई तिहाइले प्रधानन्यायाधीश सिफारिश भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायालयमाथिको हस्तक्षेप भएको भन्दै आफूहरूले बैठक बहिष्कार गरेको कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बताए। सत्तारुढ दल नेकपाका ९ र फोरमका १ सांसदले जोशीको विपक्षमा मत हालेका हुन् ।

१५ सदस्यीय सुनुवाइ समितिमा राजपाबाट सदस्य रहेका लक्ष्मणलाल कर्ण जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका कारण मतदान गरेनन् । कर्णले जोशीलाई अस्वीकृत गर्ने र स्वीकृत गर्नुपर्छ भन्ने दुबै पक्षले लिखित रुपमै मत राखेको बताए । सभापति कर्णले जोशीलाई अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शुन्य भोट परेकाले उनको सिफारिश अस्वीकृत भएको घोषणा गरे ।

साउन १० गते संसदीय सुनुवाइ भएका जोशीका शैक्षिक प्रमाणपत्र  र कार्यसम्पादनलाई आधार मानेर जोशीलाई प्रधानन्यायाधिशमा अस्वीकृत गरेको हो । संसदीय सुनुवाइ समितिको इतिहासमा पहिलो पटक समितिले प्रधानन्यायाधीशमा सिफारिश भएकालाई न्यायाधिश अस्वीकृत गरेको यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला