ओली सरकार विचौलियाको कब्जामाः नयाँ शक्ति

      ओली सरकार विचौलियाको कब्जामाः नयाँ शक्ति

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालकी केन्द्रीय सदस्य, राज्य व्यवस्था तथा संसदीय मामिला विभागकी संयोजक कल्पना धमलाले वर्तमान सरकारलाई प्रतिगमनकारीको संज्ञा दिएकी छिन् ।  

काठमाडौंमा आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा संसदीय मामिला विभाग र विज्ञ परिषद्ले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक धमलाले सर्वहार वर्गको हितमा नभई वर्तमान सरकार विचौलियाको कब्जामा रहेको दाबी गरिन् । ओली सरकारले पछिल्लो समय मुल्यबृद्धि, करमा बृद्धि, बलात्कारका घट्नामा २२ प्रतिशतले बृद्ध्जिस्ता उपहारहरु जनतालाई थमाउने काम गरेको आरोप समेत उनले लगाईन् ।

नयाँ शक्ति पार्टी नेपालले उठाएका मागहरुमा एक्येवद्धता जनाउँदै राष्ट्रिय मुक्ति आन्दोलनका संयोजक जेबी शाहले सरकार सञ्चालन गरिरहेको नेकपा पार्टीलाई सर्वहाराको पार्टी भन्न नमिल्ने स्पष्ट पारे ।

उनले भने,‘नयाँ शक्ति पार्टीले उठाएका हरेक मागहरु जनपक्षीय छन् । हाम्रो मोर्चाको पूर्ण समर्थन रहेको छ, तत्काल जनतामा देखिएको निराशा र अभाव, पीडामाथि मल्हम लगाउने काम सरकारले गरेन भने आन्दोलन हुन्छ ।’ कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका विज्ञ परिषदका संयोजक डा. केशवमान शाक्य, गण्डकी प्रदेशका प्रदेश सांसद हरिशरण आचार्य, विज्ञ परिषद सदस्य दुर्गा न्यौपाने, तिमिला यमी, संरक्षक परिषद राजु नेपाली, परिवर्तन भट्टराई लगायतले सरकारको खरो बिरोध गरेका थिए ।  

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला