प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत भए संवैधानिक परिषदमाथि प्रश्न उठनेःकेसी

 प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत भए संवैधानिक परिषदमाथि प्रश्न उठनेःकेसी

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अस्वीकृत गरेमा संवैधानिक परिषद्माथि प्रश्न उठ्ने बताएका छन् ।

यदि जोशीलाई समितिले अस्वीकार गरेमा संवैधानिक परिषद्को अपमान हुने र नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने तर्क केसीले गरेका छन् । उनले भने,‘संवैधानिक परिषद्ले सिफारिश गरेको प्रधानन्यायाधीशलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गर्नु संवैधानिक र न्यायिक सर्वोच्चताको खिलाफ हो ।

‘सुनुवाई समितिले जोशीको नाम अस्वीकृत गर्नु भनेको संवैधानिक परिषदले गलत व्यक्तिको नाम अनुमोदन गरेको हुन्छ र परिषदका अध्यक्ष प्रधानमन्त्रीमाथि नैतिक संकट पर्छ,’ केसीले भने । परिषद्का सबै सदस्यहरू दोषी ठहरिनेछन् । त्यसैले अहिले विवाद सिर्जना गर्नु कसैको पनि हितमा नहुने र न्यायिक क्षेत्रलाई खलबलाउने काम गर्न नहुने केसीको भनाइ छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा केसीले २०७१ सालमा प्रस्तावित प्रधान्यायाधीश जोशीलाई तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत) को मुख्य न्यायाधीशबाट सर्वोच्च अदालतको न्यायाधीश बनाउन संसदीय सुनुवाई समितिले अनुमोदन गरेको स्मरण गराउँदै भने,‘अहिले अर्को बखेडा झिकेर स्वतन्त्र न्यायापालिकालाई अपमानित गर्ने काम कसैलेपनि गर्नुहुँदैन् ।’

कार्यक्रममा संसदीय सुनुवाई विशेष समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे भोलि समितिले सर्वसम्मतीले निर्णय गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘प्रस्तावित प्रधानन्यायाधीशको नाम सर्वसम्मतिमै टुङ्गो लगाउने भनेर हामीले समितिको बैठकको लागि समय सारेका हौं ।’ उहाँलाई अभियोग लगाउने हाम्रो हैसियत छैन । यो समितिले संविधानसम्मत् निर्णय गर्छ ।’

कर्णले आफूहरूले प्रस्तावित प्रधानन्यायाधीश जोशीलाई बडो आदरपूर्वक, सम्मानित र मर्यादित प्रश्नमात्रै सोधेको सुनाए । उनले थपे,‘हामीले उहाँलाई मर्यादित रुपमा सैद्धान्तिक प्रश्न सोधेका छौं । उहाँ अहिलेपनि कायम मुकायम प्रधानन्यायाधीश हुनुहुन्छ । पत्रपत्रिकाले उहाँको शैक्षिक प्रमाणपत्रबारे प्रश्न गरेपछि, उहाँले समितिमा सर्टिफिकेटपनि पेश गर्नुभयो । पेश भएको प्रमाणपत्र त हामीले पाउनुपर्छ ।’

संसदीय सुनुवाई विशेष समितिका सदस्य एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुमनराज प्याकुरेलले पनि आफूहरुले भोलि बस्ने सुनुवाई समितिको बैठकबाट सर्वसम्मतीमै प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउने वा नबनाउने भन्नेबारे निर्णय लिने बताए । उनले भने,‘हामी समितिमा भएका १५ जनै सदस्यहरुबीच एकरुपता छ । समितिमा एकदम हार्दिकता छ ।

बाहिर चर्चा भएजस्तो हामी विभाजित छैनौं ।’ नेता प्याकुरेलले नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीलाई नआत्तिन आग्रह समेत गरे । उनले भने,‘केसीजी तपाई यति धेरै अँत्तिन जरुरी छैन । नआत्तिनुहोस् । हामी तीनवटा निकायबीच टसल चाहँदैनौं । संविधानले व्यवस्था गरे अनुसार समिति बनेको हो । हामी संवैधानिक परिषदलाई सम्मान गर्छौं ।’

यद्धपी उनले पुनरावेदन अदालतले गरेको निर्णय सर्वोच्च अदालतले उल्टाउन सक्ने गरेको स्मरण गर्दै उनले सुनुवाई समितिले संवैधानिक परिषद्को निर्णय दुई तिहाईले उल्टाउन सक्ने स्पष्ट पारे । प्याकुरेलले न्यायिक संस्थाको प्रमुखले संसदलाई प्रेसर गर्न नहुने धारणा राखे । उनले भने,‘हामीले उहाँलाई कठघरामा होईन, सोफामा राखेर त्यो पनि पत्रकारहरुको अगाडि प्रश्न सोधेका छौं । उहाँको जवाफ उचित भएन भनेर स्वयम पत्रकारहरुले नै लेख्नुभएको छ ।

 

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला