जोशीलाई प्रधानन्यायाधीश बन्न सकस

जोशीलाई प्रधानन्यायाधीश बन्न सकस

काठमाडौं । प्रधानन्यायाधीशमा दिपकराज जोशीको अनुमोदन गर्ने संसदीय सुनुवाइ समितिको बैठक फेरि सरेको छ। बैठक सरेसँगै जोशीलाई प्रधानन्यायाधीश बन्न सकस भएको छ ।

खास गरी सत्तासिन नेकपा निकट नेताहरूले जोशीलाई प्रधानन्यायाधीश नबनाउन लविङ गरिरहेका छन् । समितिको सोमबारको वैठकले जोशीको सुनुवाईको निर्णय गर्ने भनिएपनि बैठक एकाएक साउन १६ गते सम्मका लागि सारिएको छ ।

आजको बैठकले गम्भीरतापूर्वक विषयवस्तुमा छलफल गरेको छु, बैठकपछि समिति सदस्य लक्ष्मणलाल कर्णले भने, ‘हामी निचोडमा नपुगेको हुनाले अर्को बैठक बोलाइएको हो।’ गत बिहीबार जोशीको सुनुवाइ भएको थियो।  सामान्यतया सुनुवाइ समितिले सुनुवाइ समाप्त भएकै दिन त्यसबारे निर्णय गर्ने गरे पनि जोशीको हकमा बैठक पटकपटक सर्दै आएको छ।

शुक्रबार बैठक बसेर निर्णय गर्ने भनिए पनि बैठक आइतबारका लागि सरेको थियो। फेरि, सोमबारका लागि बैठक तोकिएको थियो । सुनुवाइको क्रममा जोशीको शैक्षिक प्रमाणपत्र, फैसला र उनका इजलाशले गरेका आदेशहरुमा देखिएका विवादका विषयमा उजुरी दर्ता भएका थिए। उजुरीका आधारमा समितिका सदस्यहरुले उनलाई प्रश्न समेत सोधेका थिए।

प्रतिकृया दिनुहोस

कानुनमा खोट छैन,डाक्टरले नयाँ कानून

कर बृद्धिको कर्मचारीद्वारा वचाव

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि