शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्छःरायमाझी

      शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवसायीकरण गर्नुपर्छःरायमाझी

 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण गर्ने कुरा अहिलेको मुद्दा नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिलेको मुद्दा भनेको त सबै नागरिकले शिक्षाको समान अवसर पाउनुपर्छ, सबै नेपालीहरुले आधारभुत र गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने हो ।’

शनिबार रिपोर्टर्स क्लबको कार्यक्रममा उनले डा. गोविन्द केसीले उठाएको गुणस्तरीय स्वास्थ्य शिक्षाको मागप्रति आफ्नो पार्टी विगतदेखि नै सकारात्मक थियो । उनले उपत्यकाभित्र वा बाहिर कहाँ मेडिकल कलेज खोल्ने कुराभन्दापनि तीन करोड नेपाली जनताले ईलाज गर्न पाउनुपर्ने धारणा राखे । उनले भने,‘नेपालमा अब कति ओटा अस्पताल आवश्यकत्ता छ ? यो बारेमा सरकारको रोडम्याप के छ ?’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले डाक्टर गोविन्द केसीले उठाएका मागहरु ठीक भएपनि समग्र मेडिकल क्षेत्रको सुधारकोलागि रोडम्याप पर्याप्त नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले आएको चिकित्सा शिक्षा विधेयकले सबै समस्याको हल गर्दैन् । नेता रायमाझीले अहिले मुलुकको समग्र समृद्धिको रोडम्यापको आवश्यकता रहेको पनि औंल्याए । उनले भने,‘अहिले हामीले स्वास्थ्य शिक्षाको मात्रै कुरा उठाउनुहुँदैन । समग्र मुलुकको समृद्धिको रोडम्याप चाहिएको छ । उनले शिक्षा र स्वास्थ्य क्षेत्रलाई राष्ट्रियकरण वा निजीकरण नभई व्यवसायीकरण गराउनुपर्ने बताए । उनले भने,‘नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसायीकरण गर्नुपर्छ । विदेशीहरुको लागि पनि नेपाल हब बन्न सक्छ । तर यसको लागि सरकारी र निजी दुवै क्षेत्रबीच प्रतिष्पर्धा हुनुपर्छ ।’

गोविन्द केसीका तर्फबाट वार्ता टोलीको सदस्य रहेका अधिवक्ता ओमप्रकाश अर्यालले सरकार र गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गराउन खबरदारी गरिरहनुपर्ने बताएका छन् । उनले भने,‘डाक्टर केसी भनेको बलिरहेको दियो हो । हामीले त्यो दियोमा तेल थप्दै जानुपर्छ । उहाँसँग सरकारले गरेका सम्झौताहरु कार्यान्वयन गराउन हामीले खबरदारी गरिरहनुपर्छ ।’

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला