‘टुक्रे’ कागजमा कर असुल्दै हुम्लाको यारी भन्सार

‘टुक्रे’ कागजमा कर असुल्दै हुम्लाको यारी भन्सार

दाने बोहरा/हुम्ला

हुम्लाको यारी भन्सार कार्यालयले व्यापारीबाट टुक्रे कागजमा लेखेर राजस्व असुल्दै आएको छ । जिल्लाको उत्तरी हिल्सा नाकाबाट तिब्बत पैठारी हुने सामानमा लाग्ने कर भन्सार कार्यालयले टुक्रे कागजमा लेखेर असुल्ने गरेको हो । नगदी रसिदको प्रयोग नहुँदा राजस्व रकम हिनामिना हुने कर्मचारी बताउछन् ।  

चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यारी भन्सार कार्यालयले टुक्रा कागजमा कार्यालयको  छाप हान्दै  कर उठाउने गरेको हो ।   हरेक बर्ष सरकारले जारी गरेको कर सम्बन्धि ऐन कानुनलाई कडाईका साथ लागू गर्न निदर्शेन दिए पनि यस कार्यालयका हकमा भने यो निर्देशन लागू हुने अवस्था छैन् ।

व्यापरीले  भन्सार कार्यालयबाट नै चिट सिस्टमबाट नक्कली  कर तिरेको बिल लिनु परेको  नाम्खा गाउँपालिका व्यापारी तेन्जिङ्ग  लामाले बताए । व्यापरी लामाले हिल्सा नाका हुँदै तिब्वतको ताक्लाकोट सम्म ४ लाख लागतका चाँदीले  मोडेको भाँडाकुँडा लैजादा भन्सार कार्यालयले छाप लगाएर १३ प्रतिशत कर भन्दै  २७ हजार ५ सय ६० रु असुलेको छ । ताक्लाकोटमै व्यापार गर्दै आएका नाम्खा गाउँपालिका निवासी सुनामछिरीङ्ग लामाले भने हामीलाई कागजमा लेखेर दिन्छन् तर त्यो पैसा राज्यकोषमा जम्मा हुन्छ/हुँदैन थाहा भएन । उनले भने, ‘नगदी बिल भए पो विश्वास गर्नु ।’

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले  व्यापरीले सामान  खरिद गर्दा भ्याट  नतिरी समान निर्यात गरेकोले व्यापरीबाट पैसा असुल्नु परेको बताए । भन्सार कार्यालयले भने बिल अभावमा कागजी चिट काटेको दाबी गरेको छ ।

भन्सार कार्यालय यसरी चिट काट्नु नियमसंगत नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका कोष नियन्त्रक राजन रेग्मीले बताए । व्यापरीले कर नतिरेर ल्याएको सामानको  शिज गर्नु पर्नेमा भन्सार कारर्यालयको नगदी रसिदको सट्टा चिट काटेर रकम उठाउन नपाइने रेग्मीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

कानुनमा खोट छैन,डाक्टरले नयाँ कानून

कर बृद्धिको कर्मचारीद्वारा वचाव

जाजरकोटमा वाढीको वितन्डा, खोलाले बगाएर

सुब्बाले १० हजार घुस मागेपछि...

विप्लवको नेपाल बन्दः शिक्षण संस्था

धरापमा हेमानन्दको शंकराचार्य पद

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि