नेविसंघका सभापति नैनसिंह र महामन्त्री कुन्दनबीच आरोप–प्रत्यारोप

    नेविसंघका सभापति नैनसिंह र महामन्त्री कुन्दनबीच आरोप–प्रत्यारोप

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले आरोप–प्रत्यारोपमा उत्रेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाएका थिए ।

सभापति महरले सुरुमै संगठनको विधानअनुसार काम गर्न काफ्ले नेतृत्वको समूहलाई आग्रह गरेका थिए । उनले भने,‘नेविसंघको आफ्नै विधि र विधान छ, हामी सबैले विधि÷विधानको कार्यान्वयन गर्नुपर्छ, मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर, खाली भएको स्थानमामात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक बिना आफूखुसी गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।’

विधि–विधान बमोजिम तोकिएकै मिति साउन २३ गते महाधिवेशन सम्पन्न गर्न आफू लागि परेको महरको भनाइ छ । उनले भने,‘संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न नेतृत्व एकदम सक्षम छ ।’ कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले संघको नेतृत्वले संगठनलाई उचित रुपमा व्यवस्थापन गर्न नसकेको गम्भीर आरोप लगाए ।

महामन्त्रीले काफलेले भने,‘नेतृत्व अल्पमतमा छ, संगठनको विधि÷विधान अनुसार चलेको छैन्, संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं, पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं ।’ नेविसंघका सभापति र महामन्त्री दुवै नेताले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको खरो विरोध गरेका छन् । नेपालको स्वास्थ्य र शिक्षालाई सरकारीकरणभन्दा सामुदायीककरण गर्न माग समेत गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला