विवादित अभिव्यक्तिले कानुन मन्त्रीको पद गुम्यो

   विवादित अभिव्यक्तिले कानुन मन्त्रीको पद गुम्यो

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट राजीनामा दिएका छन् । मंगलबार दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले राजीनामा घोषणा गरेका हुन् ।

बंगलबादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी आफ्ठ्यारोमा परेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिएर सरकार र पार्टीलाई सहयोग गर्न गरेको आग्रह स्वीकार्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

पत्रकार सम्मेलनमा पत्नी उषाकला राईसहित उपस्थित भएका तामाङले आफ्ना अभिव्यक्तिको गलत व्याख्या गरिएको बताए । बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्ने छात्रामाथि यौन दुव्र्यवहार हुने भनेर शुक्रबार दिएको अभिव्यक्तिबाट आलोचित बनेका तामाङले आफ्ना भनाइ गलत तरीकाबाट प्रस्तुत भएको पत्रकार सम्मेलनमा बताए ।

आफू महिला हिंसा र महिला आधिकारका लागि लड्ने व्यक्ति रहेको भन्दै एउटा सामाजिक कार्यक्रममा आफ्ना अभिव्यक्ति गलत तरीकाबाट प्रस्तुत भएको उनले बताए । आफू प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाउन जान लागेको भन्दै प्रेस विज्ञप्ति वितरण गर्न लगाएका थिए ।   यसअघि नै उनको राजीनामाको हल्ला बाहिर आएपछि उनले दिउँसो २ बजे पत्रकार सम्मेलनपछि त्यसबारे थाह हुने भन्दै पदको वचावट गरेका थिए । 

 

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला