कानुन मन्त्री शेरबहादुर तामाङ राजीनामा दिने मनस्थितीमा

        कानुन मन्त्री शेरबहादुर तामाङ राजीनामा दिने मनस्थितीमा

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । उनले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत राजीनामा घोषणा गर्ने निकट स्रोतको भनाइ छ ।

‘दिउँसो २ बजे पत्रकार सम्मेलन छ त्यसपछि राजनीमाबारे थाह हुन्छ,’ उनले भने,‘ हल्लाको भरमा राजीनामा भन्नु भएन ।’ कतिपय मिडियाले राजीनामा नै भनि सकेका छन् नि भन्ने प्रश्नमा मन्त्री तामाङले भने,‘त्यसमा सत्यता छैन् ।’

उनले सोमबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओली र नेकपाका सचिव विष्णु पौडेलले विवादित हुनु भन्दा राजीनामा गर्नु उचित हुने सल्लाह दिएपछि तामाङ राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक निजी विद्यालयको कार्यक्रममा बंगलादेशमा एमबिबिएस गर्ने छात्राहररूमाथि यौन शोषण हुने गरेको अभिव्यक्तिपछि  तामाङ विवादमा तानिएका थिए ।

अभिव्यक्ति विवादमा परेपछि माफी मागेपनि विपक्षी नेपाली कांग्रेस निकट महिला संघ लगायत सरोकारवाला पक्षले उनको राजीनामा मागेका थिए । सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि तामाङविरुद्ध खनिएका थिए । तामाङ ओली मन्त्रीमण्डलमा ६ महिना नपुग्दै राजीनामा दिँदै छन् ।  

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला