डा.केसीको अनसन राजनीतिक हतियार भएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अनसनरत डा. गोविन्द केसीको अनसन र आन्दोलनलाई केही दलले राजनीतिक हतियार बनाएकोले आरोप लगाएका छन् । प्रतिपक्षी कांग्रेस तर्फ संकेत गर्दै उनले भने, ‘आन्दोलन जायज भएपनि राजनीतिक पार्टीले यसलाई दुरुपयोग गर्न खोजेका छन् ।’

परराष्ट्र मन्त्री ज्ञवालीले ‘संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत भएको छ, विधेयकलाई अन्तिम रुप दिनको लागि डाक्टर केसीले अनसन स्थगन गर्नुपर्छ ।’ शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले डा. केसीको जीवन रक्षाको लागि सरकारले १० दिनअघि नै वीर अस्पतालका चिकित्सकको टोली जुम्ला पठाएको बताउँदै भने,‘तर डाक्टरहरुलाई अस्पतालभित्र छिर्न दिईएन, उहाँको स्वास्थ्य अवस्था जटिल बनेको थियो, सरकारको सर्वोपरी कुरा उहाँको जीवन रक्षा गर्नु थियो, त्यसैले हामीले उहाँलाई हिजो हेलिकप्टरमार्फत काठमाडौं उपचार गर्न ल्याएका हौं ।’

उनले सरकारले हिजो जुम्लामा दमन र हस्तक्षेप गर्यो भनेर आरोपहरु लगाईएको गुनासो पोख्दै भने,‘अस्पतालमा ढुंगामुढा किन गरियो ? यसको जवाफदेही को हुन्छ ? उहाँले असल मनशायले अनशन बस्नुभएको हो, तर केही राजनीतिक दल र केही तत्वहरुले गलत ढंगले यसलाई राजनीतिकरण गरेका छन्, उहाँको अनशन र आन्दोलनलाई हतियार बनाए, यो कुरालाई डाक्टर केसीले बुझ्नुपर्छ ।’ डाक्टर केसीको विशुद्ध पेशागत कुरामा यस्ता खालका दागहरु लाग्न दिन नहुने उनको भनाई थियो ।

मन्त्री ज्ञवालीले चिकित्सा शिक्षामा विकृति रहेको स्विकार्दै अहिले यसबारेको बहस बरालिएको सुनाए । उनले भने,‘सम्बन्धन पाउने पर्खाईमा रहेका मेडिकल कलेजका कारण अहिले समस्या निम्तिएको होईन, निजीकरणको नाममा कलेजहरुलाई हिजो अन्धाधुन्ध सम्बन्धन दिने गलत काम भयो, फ्याकल्टी नभएका मेडिकल कलेजहरुलाई १५० सिटसम्मको स्विकृति दिईयो, त्यसैले नेपालमा मेडिकल शिक्षा अस्तव्यस्त भएको हो, माथेमा आयोगले तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओली हुँदा नै प्रतिवेदनको मस्यौदा बनाएको हो, अहिले दुई अढाई वर्षमा कतिपय परिस्थितिहरु बदलिएका छन्, त्यसैले थोरै परिवर्तन गरेर हामीले विद्येयक संसदमा दर्ता गराएका छौं।’

उनले चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय आयोग गठनको विधिबारे छलफल गर्नुपर्ने धारणा समेत राखे । उनले भने,‘बरु उच्चस्तरीय आयोग गठन र यसका विधिबारे छलफल गरौं, नपुगेका कुराहरुमा पूर्नविचार गरौं, आज डाक्टर केसीका कारण मेडिकल शिक्षामा सुधार भएका छन्, सरकार यसको लागि उहाँलाई धन्यवाद दिन्छ ।’

 

प्रतिकृया दिनुहोस

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको

आर्थिक समृद्धिका लागि एनआरएनएको साथ

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको

हुम्लाका स्याउबारी रातै

ओली सरकारको ‘गियर–चेन्ज’ गर्नुपर्छ:

काठमाडौं ७ मा बामदेवको जित सुनिश्चितःसांसाद

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला