२० दिनपछि बलजफ्ती प्राडा.गोविन्द केसी काठमाडौं ल्याइए

 २० दिनपछि बलजफ्ती प्राडा.गोविन्द केसी काठमाडौं ल्याइए

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै २० दिनदेखि जुम्लामा अनसनरत प्राडा.गोविन्द केसीलाई सरकारले बलजफ्ती काठमार्डौ ल्याएको छ । डा.केसीको स्वथ्य अवस्था बिग्रदै गएकाले नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत हुँदै उनलाई काठमाडौं ल्याइएको हो ।

डा. गोविन्द केसीलाई बोकेको  सैनिक हेलिकोप्टर साँझ काठमाडौंको टुँडिखेलमा अवतरण गरेको थियो । हेलिकोप्टर अवतरण गरेपछि डा. केसीलाई सेनाकै भ्यानमा हालेर त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

केसीलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गरिने बताइएको छ । वीर अस्पतालमा स्वास्थ्य उपचारको व्यवस्था मिलाइए पनि केसीले नमानेपछि शिक्षण अस्पताल लगिएको हो ।

जुम्लामै वार्ता गर्ने अडानमा रहेका केसीलाई सरकारले बलजफ्ती सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत केसीले स्वाथ्य क्षेत्रको सुधारका साथै उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नदिने केदारभक्त माथेमा आयोगको प्रतिवेद लागु गर्नु पर्ने माग गर्दै आएका छन् । अनसनरत केसीले यसअघि सरकारी हेलिकोप्टमा नआउने बताएपनि प्रहरीले धरपकड काठमाडौं लगिएको उनका समर्थकले बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

कर्मचारी समायोजन अध्यादेशमा प्राविधिक

चोलेन्द्रशमशेर राणा प्रधानन्यायाधीशमा

समायोजन अध्यादेश विरुद्ध कर्मचारी

अब हामी विकास निर्माणमा जुट्छौ: मुख्यमन्त्री

समायोजन पक्रिया प्रभावित हुने भन्दै

सरकारलाई कर्मचारीको असहयोग छैनःप्रधानमन्त्री

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला